कांग्रेसका दुई वडा अध्यक्षको पद खोसियो
बिहीबार, १४ जेठ २०८३, १६ : १५
सारांश
- नेपाली कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष, रविन्द्र केसी र पद्मबहादुर विष्टको पद खोसिएको छ ।
- उनीहरूले दल त्याग गरी अर्को दलमा प्रवेश गरेको भन्दै कांग्रेसले निर्वाचन आयोगमा जानकारी गराएको थियो ।
- निर्वाचन आयोगले दुवै वडा अध्यक्षको पद रिक्त रहेको सूचना जारी गरेको छ ।
काठमाडौँ । नेपाली कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्षको पद खोसिएको छ । ०७९ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका लागि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेर निर्वाचित भएका रविन्द्र केसी र पद्मबहादुर विष्टको पद खोसिएको हो ।
केसी लुम्बिनी प्रदेश अन्तर्गत मुसिकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष थिए भने विष्ट लुम्बिनी प्रदेश अन्तर्गत धुर्कोट गाउँपालिका वडा नम्भर ३ का वडा अध्यक्ष थिए ।
उनीहरू अन्य दलमा प्रवेश गरेको भन्दै नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको निर्णयसहित निर्वाचन आयोगलाई जानकारी गराएपछि आयोगले दुवै वडा अध्यक्षको पद रिक्त रहेको सूचना जारी गरेको छ ।
स्थानीय तहका जनप्रतिनिधिले आफू निर्वाचित भएको दल त्याग गरी अर्को दलमा प्रवेश गरेको खण्डमा सम्बन्धित व्यक्ति निर्वाचित भएको पद रिक्त हुने प्रावधान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनी राष्ट्रपति मिलेईले ब्राजिलका राष्ट्रपति लुलालाई ‘चोर’ र ‘अपराधी’ भनेपछि कूटनीतिक तनाव
-
इरानको आग्रहमा आक्रमण रोकेको ट्रम्पको दाबी, तेहरानले वार्ता अस्वीकार गर्यो
-
सांसद पौडेलले सुकुमबासी बस्तीबाट भने : ‘साथीहरू डोजर चल्छ भनेर डराउनुभएको छ, कसले चलाउँछ डोजर ?’
-
अमेरिका–इरानबिच युद्धविरामसँगै तेलको मूल्यमा ठुलो गिरावट
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइ गर्न सरकारसँग कांग्रेसको माग
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण