भारतको बिहारमा डुंगा दुर्घटना : ३ जनाको मृत्यु, ५ बेपत्ता
बिहीबार, १४ जेठ २०८३, १४ : ३१
काठमाडाैँ । भारतको पूर्वी राज्य बिहारमा नदीमा डुंगा पल्टिँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन्। बिहीबार भएको घटनाको पुष्टि स्थानीय प्रहरीले गरेको हो।
राजधानी पटना नजिकै गंगा नदीको उमानाथ घाट क्षेत्रमा दुर्घटना भएको बताइएको छ। दुर्घटनाग्रस्त डुंगामा करिब १५ जना सवार थिए, जसमध्ये ७ जनालाई सकुशल उद्धार गरिएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार अधिकांश पीडित महिला रहेका छन्। उनीहरू तरकारी लिन नदी पार गर्दै थिए।
प्रहरीका अनुसार नदीको बीच भागमा पुगेपछि अचानक आएको तीव्र हावाहुरीका कारण डुंगा पल्टिएको हो।
बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण