पार्टी एकताका लागि जसपा नेपालले गठन गर्यो वार्ता समिति
सारांश
- जनता समाजवादी पार्टी नेपालले विभिन्न दलहरूसँग एकता तथा सहकार्यका लागि वार्ता गर्न एक समिति गठन गरेको छ ।
- यसअघि जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबिच एकता सम्पन्न भई समायोजन प्रक्रिया अगाडि बढेको छ ।
- जसपा नेपालले जनमत पार्टीसँग पनि एकताका लागि छलफल गरिरहेको छ, जसमा कुराकानी सकारात्मक रूपमा अगाडि बढेको छ ।
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले विभिन्न दलसँग एकता तथा सहकार्यका लागि वार्ता गर्न समिति गठन गरेको छ । वार्ताका लागि पार्टी केन्द्रीय समितिका सदस्य रकम चेम्जोङ, रेणु यादव र डा.सुरेन्द्रकुमार झालाई जिम्मेवारी दिइएको हो ।
हालै जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबिच एकता सम्पन्न भइसकेको छ । दुई पार्टीबिच समायोजन प्रक्रिया पनि अगाडि बढिसकेको छ । सो पार्टीले समायोजनका लागि विभिन्न कार्यदल गठन गरेको तथा अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ ।
उक्त पार्टीले डा.सिके राउत अध्यक्ष रहेको जनमत पार्टीसँग एकताका लागि छलफल पनि जारी राखेको छ । जसपा नेपालका केन्द्रीय सदस्य डा.सुरेन्द्र झाका अनुसार जनमत पार्टीसँग एकताको कुरा सकारात्मक रूपमा अगाडि बढेको छ ।
एकताको विषयमा अध्यक्ष तहमै कुराकानी भएको बताउँदै उनले अन्य नेताहरूको बिचमा कुराकानी चलिरहेको बताए । एकताका लागि दुवै दल सकारात्मक देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण