रोड टु यूएफसीमा लिन्टोजोनलाई नकआउट गर्दै रवीन्द्र ढाँट मुख्य स्टेजमा
सारांश
- रविन्द्र ढाँटले रोड टु युएफसीमा किम्बर्ट अलिन्टोजोनलाई नकआउट गर्दै युएफसीको मुख्य स्टेजमा छनोट भएका छन् ।
- उनले मकाउको ग्यालेक्सी एरेनामा भएको खेलमा दोस्रो राउन्डमा अलिन्टोजोनलाई नकआउट गरेका हुन् ।
- रविन्द्रले गत वर्ष मेट्रिक्स फाइट नाइट १७ मा उपाधि जितेका थिए ।
काठमाडौँ। नेपालका चर्चित एमएमए फाइटर रवीन्द्र ढाँटले युएफसीको छनोट प्रतियोगिता रोड टु यूएफसी सिजन ५ मा पहिलो जित हासिल गरेका छन्।
विश्वकै प्रतिष्ठित यूएफसीको मुख्य स्टेजमा पुग्ने बाटो मानिने यस रोड टु यूएफसीमा रवीन्द्रले ब्यान्टमवेटमा प्रतिस्पर्धा गर्दै जित हासिल गरेका हुन्। उनले रोड टु यूएफसी सिजन ५ को क्वाटरफाइनलमा आज फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराएका हुन्।
मकाउको ग्यालेक्सी एरेनामा बिहीबार भएको खेलामा उनले दास्रो राउन्डमा अलिन्टोजोनलाई नकआउट गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन्। यस सिजन ५ को रोमाञ्चक भिडन्तको यो पहिलो दिन हो।
यस पटकको रोड टु यूएफसी सिजन ५ मा विभिन्न देशका शीर्ष एमएमए खेलाडीहरू यूएफसी कन्ट्र्याक्ट हात पार्ने लक्ष्यका साथ प्रतिस्पर्धा गर्दैछन्। यस ढाँचामा सञ्चालित यस प्रतियोगितामा दुई दिनसम्म लगातार रोचक भिडन्तहरू हुनेछन्।
आज पहिलो दिन चिनियाँ स्ट्राइकर रोङझु र अमेरिकाका भिक्टर मार्टिनेजबिच लाइटवेट तौल समूहमा प्रतिस्पर्धा भएको थियो। ढाँटले गत वर्ष भारतको ग्रेटर नोइडामा भएको मेट्रिक्स फाइट नाइट १७ मा भारतका चुङरेन कवरेनलाई नकआउट गर्दै टाइटल जितेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण