गणतन्त्रको विकल्प कुनै निरङ्कुश वा वंशवादी व्यवस्था हुन सक्दैन : भीष्मराज आङदेम्बे
सारांश
- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
- उनले नेपालको लोकतान्त्रिक आन्दोलन, नागरिक अधिकार र जनसत्ताको स्थापनाका लागि भएका ऐतिहासिक सङ्घर्षहरूमा जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
- नेता आङदेम्बेले गणतन्त्र कुनै संयोग नभई नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र त्यागको परिणाम भएको र यसको विकल्प निरङ्कुश वा वंशवादी व्यवस्था हुन नसक्ने बताएका छन्।
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले गणतन्त्र दिवसको ऐतिहासिक अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।
गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले नेपालको लोकतान्त्रिक आन्दोलन, नागरिक अधिकार र जनसत्ताको स्थापनाका लागि भएका ऐतिहासिक सङ्घर्षहरूमा आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात वीर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। परिवर्तनका लागि सङ्घर्षरत सम्पूर्ण नागरिक, राजनीतिक नेतृत्व, घाइते तथा बेपत्ता योद्धाहरूप्रति उनले उच्च सम्मान व्यक्त गरेका छन्।
वि.सं. २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको दिन नेपाली इतिहासको एउटा निर्णायक मोड भएको नेता आङदेम्बेले उल्लेख गरेका छन्। यो व्यवस्था कुनै संयोगबाट प्राप्त नभएको स्पष्ट पार्दै उनले नेपाली जनताको लामो सङ्घर्ष, बलिदान, त्याग र लोकतान्त्रिक चेतनाको परिणामस्वरूप स्थापित ऐतिहासिक उपलब्धि भएको बताएका छन्। गणतन्त्रले नेपाली जनतालाई राज्यको वास्तविक मालिक बनाएको भन्दै समावेशिता, समानता, सामाजिक न्याय र नागरिक स्वतन्त्रताको आधार पनि यही व्यवस्थाले सुनिश्चित गरेको कुरामा उनले जोड दिएका छन्।
गणतन्त्र नेपाली जनताको सार्वभौम अधिकारको प्रतीक भएको बताउँदै नेता आङदेम्बेले यसको विकल्प कुनै पनि निरङ्कुश, वंशवादी वा जनउत्तरदायित्वविहीन व्यवस्था हुन नसक्ने दृढता व्यक्त गरेका छन्। लोकतान्त्रिक प्रणालीभित्रै रहेर सुधार, सुशासन, आर्थिक समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्दै जनविश्वास अझ बलियो बनाउनुपर्ने उनको भनाइ छ।
यही मार्गबाट मात्रै समुन्नत, समावेशी र समृद्ध नेपाल निर्माण सम्भव हुने उल्लेख गर्दै उनले लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने कुरा औंल्याएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण