पोखरामा केएफसीको मनपरी : ग्राहक तान्न नाम मात्रैको अफर
पोखरा । विश्वकै प्रख्यात फास्ट–फुड चेन केएफसीले नेपालमा भने ग्राहकको आँखामा छारो हाल्दै ठगी धन्दा चलाइरहेको पाइएको छ । विशेष गरी पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा रहेको केएफसी आउटलेटले भ्रामक विज्ञापन देखाएर ग्राहक तान्ने र भुक्तानीको समयमा चर्को मूल्य असुल्ने गरेको फेला परेको हो ।
हालै लेकसाइड केएफसीले गरेको एउटा बदमासीले यसको व्यावसायिक नैतिकतामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ । गत मे २८, बिहीबारका दिन आफ्नो परिवारसहित घुम्न निस्किएका सुभाष शर्मा केएफसीको लेकसाइड आउटलेट पुग्दा त्यहाँको बोर्ड र डिजिटल स्क्रिनमा ठुलो अक्षरमा लेखिएको थियो– ‘बिहीबारको विशेष अफर ः दुई बर्गर खरिद गर्दा २ निःशुल्क’ । त्यस्तै विज्ञापन वेबसाइटमा पनि छ ।
सोरुम बाहिरै विज्ञापन देखेपछि शर्मा आफ्नो परिवारसहित बर्गर खान केएफसी छिरे । उनले अर्डर गरे। तर, जब उनले बिल मागेर भुक्तानी गर्न खोजे, उनी अचम्मित भए । बिलमा कुनै अफर समावेश गरिएको थिएन, बरु सबै बर्गरको फुल चार्ज (पूरा मूल्य) लिइएको थियो ।
अफरको बोर्ड र विज्ञापन देखाइरहेको ठाउँमा किन फुल बिल चार्ज गरियो भनी शर्माले प्रश्न गर्दा केएफसीका कर्मचारीले गैरजिम्मेवार जवाफ दिए । उनीहरूको भनाइ थियो, ‘आज स्टक कम भएकोले अफर क्यान्सिल गरिएको छ ।’
यहाँ अचम्मको कुरा के छ भने,यदि अफर दिने स्टक थिएन भने केएफसीले बाहिरको विज्ञापन बोर्ड र भित्री डिजिटल स्क्रिनबाट तत्कालै त्यो सूचना किन हटाएन ? अझ गम्भीर कुरा त, स्टक सकिएको दाबी गर्ने केएफसीले त्यही बर्गर अफरबाहेकको मूल्यमा भने धमाधम बेचिरहेको थियो । यसले केएफसीले ग्राहकलाई ‘अफर’ को लोभ देखाएर भित्र छिराउने र बिल दिने बेला ‘स्टक छैन’ भन्ने बाहना बनाएर ठग्ने सुनियोजित प्रपञ्च रचिरहेको उनले आरोप लगाए ।
आफ्नो ब्रान्ड चम्काउन अनेक गरिरहेको केएफसीले भुइँतहका ग्राहकलाई भने यसरी धोका दिएको पाइएको हो । मे २८ को उक्त बिल र त्यही दिनको अफर स्किमको तुलना गर्दा केएफसीले सिधै उपभोक्तामाथि धोका दिएको आरोप लागेको हो । बिहीबारकै लागि तोकिएको अफर बिहीबार नै स्टकको बाहना बनाएर नदिएको विषयमा केएफसीको प्रतिक्रिया लिन खोज्दा केएफसीका अधिकारी सम्पर्कमा आउन चाहेनन् । उसो त केएफसीको यस्तो रवैयाप्रति कतिपय ग्राहकले आक्रोश पोख्दै काउन्टरमा आपत्ति समेत जनाएका छन्। यस सम्बन्धमा प्रश्न उठाउँदै ग्राहकहरूले भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट गरेका हुन्।
संसारकै लोकप्रिय फास्टफुड चेनको ट्याग भिरेर नेपालमा मनपरी गरिरहेको केएफसीको यो पहिलो बदमासी भने होइन । अफर देखाएर ग्राहक तान्ने तर पेमेन्टको बेला अनेक बाहना बनाउने यस्तो रवैयामा सरकारी निकाय समेत मौन देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण