एसियन गेम्स पुरुष क्रिकेट
चीनविरुद्ध कुशल भुर्तेलको शतक, एकै ओभरमा ६ छक्का
आइतबार, १७ जेठ २०८३, ०८ : ४१
सारांश
- नेपालका ओपनर कुशल भुर्तेलले एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको खेलमा शतक प्रहार गरेका छन् ।
- भुर्तेलले नवौँ ओभरमा एकै ओभरमा ६ छक्का प्रहार गरे, जुन विश्वकै छैटौँ कीर्तिमान हो ।
- उनले ३५ बलमा १२ छक्का र चार चौकाको मद्दतले शतक पूरा गरे, जुन टी-२० अन्तर्राष्ट्रियमा उनको दोस्रो शतक हो ।
काठमाडौँ । नेपालका ओपनर कुशल भुर्तेलले एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको खेलमा शतक प्रहार गरेका छन् । सो क्रममा उनले एकै ओभरमा ६ छक्का प्रहार गरे ।
भुर्तेलले नवौँ ओभरमा ६ छक्का प्रहार गरेका हुन् । उनी यो कीर्तिमान बनाउने नेपालका दोस्रो खेलाडी हुन् भने विश्वकै छैटौँ खेलाडी समेत हुन् ।
यसअघि हर्षल गिब्स, युवराज सिंह, जसकरन मलहोत्रा, कायरन पोलार्ड र नेपालकै दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।
ऐरीले सन् २०२४ को एसीसी प्रिमियर कपमा कतारविरुद्ध २०औँ ओभरमा ६ छक्का प्रहार गरेका थिए ।
सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङ गरिरहेको नेपालका लागि कुशलले ३५ बलमा १२ छक्का र चार चौकाको मद्दतले शतक पूरा गरेका हुन् । टी–२० अन्तर्राष्ट्रियमा कुशलको दोस्रो शतक हो ।
याे पनि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण