सवारी दुर्घटनामा चालकको मृत्यु
आइतबार, १७ जेठ २०८३, ०९ : २२
मकवानपुर । कान्तिलोकपथअन्तर्गत मकवानपुरको बगुवा खोलाको पुलमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधव काफ्लेका अनुसार हेटौँडाबाट ललितपुरमा निर्माणाधीन बागमती जलविद्युत् आयोजनाका सामग्री लिएर त्यसतर्फ गइरहेको उक्त ट्रक गएराति दुर्घटना हुँदा हेटौँडा उपमहानगरपालिका–३ का ३० वर्षीय दलबहादुर बर्ताैलाको मृत्यु भएको हो ।
खोलामा डुबेको ट्रक यान्त्रिक सहायताबाट गएराति नै निकालिएको थियो । चालकको शव चालस सिटमा नै भेटिएको उनले जानकारी दिए । ट्रकका सहचालकले भने दुर्घटनाअगावै ट्रकबाट हामफालेर ज्यान जोगाएका उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण