च्याम्पियन्स लिग जितको उत्सव हिंसात्मक बन्दा फ्रान्समा सयौँ पक्राउ
सारांश
- पेरिस सेन्ट-जर्मेनले च्याम्पियन्स लिग जितेपछि फ्रान्समा भएको उत्सव हिंसात्मक बन्दा ४०० भन्दा बढी पक्राउ परेका छन्।
- उत्सवका क्रममा राजधानी पेरिससहित विभिन्न सहरमा समर्थक र प्रहरीबीच झडप हुँदा सार्वजनिक यातायात सेवा प्रभावित भएको थियो।
- हिंसात्मक घटनामा सवारीसाधन, व्यावसायिक प्रतिष्ठान र बस स्टपमा क्षति पुगेको छ भने खेलकुद उत्सवमा सुरक्षा व्यवस्थाबारे पुनः बहस सुरु भएको छ।
पेरिस । युरोपेली फुटबलको प्रतिष्ठित च्याम्पियन्स लिगको फाइनलमा पेरिस सेन्ट–नर्मन ले आर्सनलमाथि विजय हासिल गरेपछि फ्रान्सभरि मनाइएको उत्सव हिंसात्मक बन्दा ४०० भन्दा बढी व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
राजधानी पेरिस सहित विभिन्न सहरमा समर्थक र प्रहरीबिच झडप भएको थियो । सम्भावित अशान्तिलाई नियन्त्रण गर्न हजारौँ प्रहरी परिचालन गरिए पनि उत्सवका क्रममा सार्वजनिक यातायात सेवामा अवरोध पुगेको थियो । बस, रेल तथा अन्य यातायात सेवाहरू प्रभावित बनेका थिए ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार समर्थकहरूले सडकमा आतिशबाजी र ‘फ्लेयर’ प्रज्वलन गरेका थिए । केही स्थानमा विद्युतीय मोटरसाइकलहरूमा आगजनी गरिएको तथा पसलका सिसा फुटाइएको देखिएको छ । झडपका क्रममा केही प्रहरी अधिकारी घाइते भएका छन् ।
प्रहरीले भीड नियन्त्रण गर्न र अशान्ति फैलिन नदिन शहरका विभिन्न क्षेत्रमा अश्रुग्यास प्रहार गरेको जनाएको छ । विशेषगरी पेरिसको प्रसिद्ध च्याम्प्स–इलिसे क्षेत्रमा हजारौँ समर्थक भेला भएका थिए ।
प्रहरीका अनुसार घटनाका क्रममा कम्तीमा छ वटा सवारीसाधन, दुई वटा व्यावसायिक प्रतिष्ठान र एउटा बस स्टपमा क्षति पुगेको छ ।
गत वर्ष पनि पिएसजीको विजयपछि भएको उत्सव हिंसात्मक बनेर केही व्यक्तिको ज्यान समेत गएको थियो । लगातार दोस्रो वर्ष च्याम्पियन लिग जितेको फुटबल उत्सव हिंसामा परिणत भएपछि फ्रान्समा खेलकुदसँग सम्बन्धित भीड व्यवस्थापन र सुरक्षा उपायबारे पुनः बहस सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण