बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सुनको भन्सार दर वृद्धि

बजेटले बढायो मन्त्रीहरूको सम्पत्ति, बालेनको मात्रै ३९ लाखले वृद्धि

आइतबार, १७ जेठ २०८३, ११ : २७
आइतबार, १७ जेठ २०८३

सारांश

  • बजेटमा सुनको भन्सार वृद्धिले क्याबिनेटका १५ मन्त्रीको सम्पत्ति करिब डेढ करोड रुपैयाँले बढेको छ ।
  • प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति सबैभन्दा धेरै ३८ लाख ९५ हजार रुपैयाँले वृद्धि भएको छ ।
  • बजेटमार्फत सुनको भन्सार दर १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याइएको छ ।

काठमाडौँ । बजेटमा गरिएको सुनको भन्सार वृद्धिसम्बन्धी निर्णयले क्याबिनेटका १५ मन्त्रीको सम्पत्ति झन्डै डेढ करोड रुपैयाँले बढेको छ । सरकारले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरणमा उल्लेखित सुनको मात्राले सो बराबरको सम्पत्ति बढेको देखाएको हो । 

केही समयअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरणमा हाल कायम रहेका मन्त्रीहरूसँग ७१०.५० तोला सुन रहेको देखाइएको छ । शुक्रबार आएको बजेटपछि आज आइतबार सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढेको छ । यो हिसाबले हेर्दा मन्त्रीहरूको सम्पत्ति कुल १ करोड ४५ लाख ६५ हजार रुपैयाँले बढेको देखिन्छ ।

यसमध्ये सबैभन्दा धेरै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कै देखिएको छ । उनको मात्रै ३८ लाख ९५ हजार रुपैयाँ बराबरको सम्पत्ति बढेको छ । त्यस्तै उद्योग मन्त्री गौरीकुमारी यादवको ३६ लाख ९० हजार रुपैयाँ बराबरको सम्पत्ति बढेको देखिन्छ । 

रामजी यादवको १६ लाख ४० हजार तथा अर्थमन्त्री स्वर्णिम वाग्लेको सम्पत्ति ९ लाख २२ हजार ५०० रुपैयाँले बढेको देखिन्छ । 

बजेटमा सुनको भन्सार दर दोब्बर पुर्‍याइएको छ । यसअघि १० प्रतिशत रहेको सो दर बढाएर २० प्रतिशत पुर्‍याइएको हो । त्यस्तै, अन्तिम उपभोक्ताको मूल्यमा ०.५ प्रतिशतले हुन आउने रकम सिप अभिवृद्धि महसुलको रूपमा समेत थप गरिएको छ । 

यो वृद्धिसँगै आइतबार सुनको प्रतितोला मूल्य ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ । 

कसको कति बढ्यो सुनको मूल्य ?

क्र.सं.

नाम

सुनको मात्रा (तोला)

बढेको रकम (रु.)

बालेन शाह

१९०

३८,९५,०००

स्वर्णिम वाग्ले

४५

,२२,५००

शिशिर खनाल

२२

,५१,०००

विराजभक्त श्रेष्ठ

१५

,०७,५००

सुनिल लम्साल

३०

,१५,०००

सोबिता गौतम

१५

,०७,५००

सिता वादी

१८

,६९,०००

प्रतिभा रावल

२५

,१२,५००

निशा मेहता

३०

,१५,०००

१०

सस्मित पोखरेल

२५

,१२,५००

११

खड्कराज पौडेल

११

,२५,५००

१२

विक्रम तिमिल्सिना

१९.५

,९९,७५०

१३

गिता चौधरी

,०२,५००

१४

गौरीकुमारी यादव

१८०

३६,९०,०००

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप