सदनमा हलुका ढङ्गले प्रस्तुत नहुन बालेनलाई कांग्रेस महामन्त्रीको आग्रह
सारांश
- कांग्रेस महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन शाहले मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयमा गैरजिम्मेवार र हलुका टिप्पणी गरेको भन्दै ध्यानाकर्षण गराएका छन् ।
- महामन्त्री पौडेलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थामा रहेको मुलुकको प्रधानमन्त्रीले कुनै पनि विषयमा विचार राख्दा अत्यन्त गहनताका साथ राख्नुपर्नेमा जोड दिएका छन् ।
- उनले आगामी दिनमा सार्वभौमसत्ता र भौगोलिक अखण्डताको विषयमा बोल्दा विषयको गम्भीरतालाई मनन गर्दै मुलुकको उच्च गरिमा कायम राख्ने गरी प्रस्तुत हुन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयमा प्रधानमन्त्री बालेन शाहले गैरजिम्मेवार र हलुका टिप्पणी गरेको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन् ।
संसद्मा प्रधानमन्त्रीले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै महामन्त्री पौडेलले राष्ट्रको गरिमा र भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्न आग्रह गरेका हुन् ।
महामन्त्री पौडेलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थामा रहेको मुलुकको प्रधानमन्त्रीले कुनै पनि विषयमा विचार राख्दा अत्यन्त गहनताका साथ राख्नुपर्नेमा जोड दिएका छन् ।
‘सदनमा उपस्थित भएर जनताका प्रतिनिधिको जवाफ दिनु राम्रो अभ्यास भए तापनि भौगोलिक अखण्डता जस्तो गम्भीर विषयमा तयारीविना साधारण नागरिककै शैलीमा जवाफ दिँदा मुलुक नै अप्ठेरोमा पर्न सक्छ,’ पौडेलले आइतबार भने।
प्रधानमन्त्रीको प्रस्तुतिले देशको अन्तर्राष्ट्रिय गरिमामा आँच पुग्न सक्ने भन्दै पौडेलले आजको त्रुटिबाट गम्भीर पाठ लिन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । उनले आगामी दिनमा सार्वभौमसत्ता र भौगोलिक अखण्डताको विषयमा बोल्दा विषयको गम्भीरतालाई मनन गर्दै मुलुकको उच्च गरिमा कायम राख्ने गरी प्रस्तुत हुन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
बालेनले आज संसद्मा सांसदहरूको प्रश्नको जवाफ दिँदै नेपालले पनि भारतको भूमि मिचेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण