नेपाली कांग्रेसले गर्याे दुई समितिमा सह–संयोजक मनोनयन
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका दुई समिति र ब्यूरोमा सह–संयोजकहरू मनोनयन गरेका छन्। सभापति थापाले संविधान संशोधन अध्ययन तथा सुझाव समिति र निर्वाचन ब्यूरोमा नयाँ पदाधिकारी थप गरेका हुन्।
पार्टी केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार, उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’को सह–संयोजकमा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्कालाई मनोनयन गरिएको छ।
विज्ञहरू सम्मिलित यो समितिले संविधान संशोधनका विषयमा अध्ययन गरी पार्टीलाई आवश्यक राय र सुझाव पेस गर्ने कार्यादेश पाएको छ।
त्यसैगरी, सभापति थापाले प्रदेश तथा स्थानीय तह निर्वाचन केन्द्रित नेपाली कांग्रेस निर्वाचन ब्यूरोको सह–संयोजकमा जीवन परियारलाई मनोनयन गरेका छन्। यो ब्यूरोको नेतृत्व पनि पार्टी उपसभापति पुष्पा भुसालले नै गरिरहेकी छन्।
आगामी निर्वाचनको तयारी र संविधान परिमार्जनका सन्दर्भमा पार्टीको आधिकारिक धारणा तय गर्न यी दुवै समितिहरूलाई महत्त्वपूर्ण मानिएको छ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार, सभापति थापाले पार्टीको साङ्गठनिक सुदृढीकरण र आगामी चुनावी रणनीतिका लागि यी मनोनयनहरू गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण