बाँसुरी बाजा प्रतियोगिताको ट्रफी देवीस्थानले उचाल्यो
सारांश
- देवीस्थान बाँसुरी खलले उपत्यकाव्यापी बाँसुरी बाजा प्रतियोगिताको उपाधि जित्यो।
- प्रतियोगितामा १३ टोलीका ३०० बढी कलाकारले भाग लिएका थिए।
- कलाकारिता र परम्परा संरक्षणको उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो।
भक्तपुर । उपत्यका व्यापी परम्परागत खुला बाँसुरी बाजा प्रतियोगिता २०८३ को ट्रफी बालाजुस्थित देवीस्थान बाँसुरी खलले उचालेको छ । उसले प्रथम हुँदै रु २५ हजार प्राप्त गरेको छ ।
चाँगुनारायण नगरपालिका–९ ताथली फैढोकामा आयोजना गरेको प्रतियोगितामा उपत्यकाका विभिन्न क्षेत्रबाट आएका १३ टोलीका ३०० भन्दा बढी कलाकारको सहभागिता रहेको थियो । स्थानीय मौलिक संस्कृति, परम्परागत बाँसुरी बाजा तथा साङ्गीतिक सम्पदाको संरक्षण, सवर्द्धन तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा चन्द्रागिरिस्थित झिगु नेवाः बाँसुरी खलले द्वितीय हुँदै रु २० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै ताथलीस्थित खगां दाफा भजन खलले तृतीय हुँदै रु १० हजार, ट्रफी र प्रमाणपत्र तथा सरस्वती खेलस्थित ससु माजु बाँसुरी खलले सान्त्वनासहित रु पाँच हजार र प्रमाणपत्र प्राप्त गरेको छ । अन्तिम चरणसम्म पुगेर निर्णायकको छनोटमा पर्न सफल काठमाडौँको न्युरोडस्थित पाको पुखध्या मानन्धर खललाई प्रोत्साहन स्वरूप रु दुई हजार ५०० सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँले आइतबार सम्पन्न कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । चाँगुनारायण नगरपालिका–९ का वडाध्यक्ष गणेश त्यातले प्रतियोगितामा भक्तपुर, काठमाडौँ, चन्द्रागिरि, गोकर्णेश्वर, बालाजु, सूर्यविनायकलगायत क्षेत्रका बाँसुरी बाजा टोलीहरूले आफ्नो कला, सीप र साङ्गीतिक परम्पराको उत्कृष्ट प्रस्तुति प्रदर्शन गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण