आईपीएल च्याम्पियन बेंगलुरुले कति पायो पुरस्कार रकम ?
सारांश
- रोयल च्यालेन्जर्स बेंगलुरुले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो सिजन आईपीएलको उपाधि जितेको छ ।
- च्याम्पियन बनेसँगै बेंगलुरुले २० करोड भारतीय रुपैयाँ पुरस्कार राशि प्राप्त गर्यो ।
- राजस्थान रोयल्सका वैभव सूर्यवंशीले ओरेन्ज क्यापसहित पाँच वटा अवार्ड हात पारे ।
अहमदाबाद । रोयल च्यालेन्जर्स बेंगलुरुले लगातार दोस्रो सिजन इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि आफ्नो नाम गरेको छ ।
अहमदाबादमा खेलिएको फाइनल भिडन्तमा बेंगलुरुले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै ट्रफी जितेको हो ।
च्याम्पियन बनेसँगै बेंगलुरुले ट्रफीका साथै २० करोड भारतीय रुपैयाँ पुरस्कार राशि प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको गुजरात टाइटन्सले भने १२ करोड ५० लाख रुपैयाँ प्राप्त गर्यो ।
यस सिजनको व्यक्तिगत विधाका पुरस्कारहरूमा भने राजस्थान रोयल्सका १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीको पूर्ण दबदबा रह्यो । उनले यस सिजनमा सबैभन्दा बढी ७७६ रन बनाउँदै ओरेन्ज क्याप जिते ।
बलिङतर्फ गुजरात टाइटन्सका कगिसो रबाडाले २९ विकेट लिँदै पर्पल क्याप आफ्नो नाम गरे । उत्कृष्ट प्रदर्शन गरेका सूर्यवंशीले ओरेन्ज क्यापका साथै ‘मोस्ट भ्यालुएबल प्लेयर’, ‘इमर्जिङ प्लेयर’ र ‘सुपर स्ट्राइकर अफ दि सिजन’ सहित कुल पाँच वटा अवार्ड हात पारे । हरेक विधाका लागि १० लाख रकम छुट्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आशिका तामाङको नाममा काटिएको १ करोड ३५ लाखको चेक बाउन्सले खैलाबैला
-
पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
मदन पुरस्कारका लागि १० कृतिको सूची सार्वजनिक
-
विश्वकप फुटबलकाे फाइनल खेल चलिरहेका बेला किन गयो बत्ती ?
-
बागमती एमाले दलको बैठक काठमाडौँमा, समर्थन फिर्ताबारे निर्णय गर्ने
-
पुँजी बजार, धितोपत्र तथा बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्रीले छलफल गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण