प्रधानमन्त्रीकाे अभिव्यक्तिविरूद्ध देशभर आन्दोलन गर्ने नेकपा जनवर्गीय सङ्गठन मोर्चाको घोषणा
सारांश
- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अभिव्यक्तिविरुद्ध नेकपाका जनवर्गीय सङ्गठन समन्वय मोर्चाले देशभर आन्दोलन घोषणा गरेको छ ।
- प्रतिनिधि सभामा प्रधानमन्त्री शाहले 'नेपालले पनि भारतको भूमि मिचेको' भन्ने अभिव्यक्ति दिएपछि मोर्चाले त्यसको निन्दा गर्दै जनतासँग माफी माग्नुपर्ने बताएको छ ।
- मोर्चाले 'आत्मसमर्पणवादको विरोध गरौँ, राष्ट्रिय अखण्डताको रक्षा गराैँ' भन्ने नारासहित विज्ञप्ति जारी गर्ने, विरोधपत्र बुझाउने र मसाल जुलुस निकाल्ने जस्ता कार्यक्रम घोषणा गरेको छ ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अभिव्यक्तिविरुद्ध नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का जनवर्गीय सङ्गठन समन्वय मोर्चाले देशभर आन्दोलकका कार्यक्रम घोषणा गरेको छ ।
सोमबार बसेको मोर्चाको बैठकले सङ्घर्षका कार्यक्रम घोषणा गरेको मोर्चाका प्रमुख राजेन्द्र पाण्डेले जानकारी दिए ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति दिएका थिए । मोर्चाले उक्त अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दै जनतासँग माफी माग्नुपर्ने बताएको छ ।
मोर्चासँग सम्बन्धित पार्टीका जनवर्गीय सङ्गठनहरूले प्रधानमन्त्रीको उक्त 'आत्मसमर्पणवादको विरोध गरौँ, राष्ट्रिय अखण्डताको रक्षा गराैँ' भन्ने नाराका साथ आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
जसअनुसार सबै सङ्गठनहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्ने, विरोधपत्र बुझाउने, विद्यार्थीहरूको संयुक्त पहलमा विरोध प्रदर्शन गर्ने, मसाल जुलुस निकाल्ने लगायतका २१ गतेसम्मका लागि सङ्घर्षका कार्यक्रम घोषणा गरिएको मोर्चाका प्रमुख राजेन्द्र पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्को रुबियो चीन र रुससँग भेट्न तयार
-
मधेस प्रदेशमा सवारी दुर्घटना बढे पनि मृत्युदर घट्यो
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण