एनआईसी एसिया बैंकको २८ औँ वार्षिक साधारण सभा : हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित
सोमबार, १८ जेठ २०८३, १६ : १०
सारांश
- एनआईसी एसिया बैंक लिमिटेडको २८ औँ वार्षिक साधारण सभाले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ।
- सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक विवरणहरू स्वीकृत गर्यो।
- संस्थापक र सर्वसाधारण सेयरधनीका तर्फबाट नयाँ सञ्चालक समिति सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्।
काठमाडौँ । एनआईसी एसिया बैंक लिमिटेडको २८ औँ वार्षिक साधारण सभा सोमबार काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू स्वीकृत गरेको छ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको हाल कायम साधारण सेयरको चुक्ता पुँजीको २:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई सभाले स्वीकृति प्रदान गरेको छ।
सभाले संस्थापक सेयरधनीका तर्फबाट अशोक कुमार अग्रवाल, रामचन्द्र संघई, जयन्त कुमार अग्रवाल तथा सर्वसाधारण सेयरधनीका तर्फबाट आदित्य कुमार अग्रवाल, केशव प्रसाद लम्साल र अनुपा प्रधान राजभण्डारीलाई नयाँ सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण