१५औँ महाधिवेशनमा सबै क्रियाशील सदस्यको सहभागिता सुनिश्चित गरिने
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५ औँ महाधिवेशनलाई सम्पूर्ण एकताको महाधिवेशनका रूपमा सफल बनाउन पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।
उनले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा १५ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको अधिकांश काम गत पुस १० गतेभित्र सम्पन्न भइसकेको उल्लेख गरेका छन् ।
साथै उक्त अवधिमा सदस्यता नवीकरण गर्न छुटेका तथा नयाँ सदस्यता लिन इच्छुक कार्यकर्ताहरूलाई पनि नवीकरण र नयाँ सदस्यता वितरणको प्रक्रिया अघि बढाइएको जानकारी दिए।
खड्काले गत पुस १० गतेसम्म सम्पन्न भएका तथा त्यसपछिका नवीकरण र नयाँ वितरण भएका सबै क्रियाशील सदस्यतालाई वैधानिक रूपमा कायम गरी सम्बन्धित सदस्यहरूको महाधिवेशनमा सहभागिता सुनिश्चित गरिने स्पष्ट पारेका छन्।
उनले स्वदेश तथा विदेशमा रहेका नेपाली कांग्रेसका नेता, कार्यकर्ता, क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकहरूलाई यस विषयमा कुनै अन्योल नराख्न आग्रह गर्दै पार्टी सबै योग्य सदस्यको सहभागिता सुनिश्चित गर्न दृढ र प्रतिबद्ध रहेको बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण