शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु

मङ्गलबार, १९ जेठ २०८३, ०९ : २६
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमाराका २५ वर्षीय अर्जुन भुलको करेन्ट लागेर मृत्यु भएको छ।
  • तराई नदीमा माछा मार्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।
  • भल्का अस्पताल लम्कीमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

धनगढी । कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमारा बस्ने २५ वर्षीय अर्जुन भुलको सोमवार साँझ करेन्ट लागेर मृत्यु भएको हो। 

भुललाई घर नजिकै रहेको तराइला नदीमा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट गम्भीर घाइते भएका थिए। 

उनलाई उपचारको लागि भल्का अस्पताल लम्की लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप