वीरगञ्ज नाकाबाट करिब ८ अर्बको दलहन आयात
पर्सा । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै रु सात अर्ब ९७ करोड बराबरको दलहन आयात भएको छ । यहाँबाट विभिन्न सात प्रकारका दलहन नेपाल आयात गरिएको हो ।
गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाकाबाट हुने आयातमा मूल्यको आधारमा रु दुई अर्ब २४ करोड अर्थात् २२ प्रतिशतले गिरावट आएको छ । जबकी गत आवको १० महिनामा यहाँबाट रु १० अर्ब २१ करोड मूल्यका दलहन आयात गरिएको थियो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको १० महिनामा मूल्यको आधारमा दलहनको आयात २२ प्रतिशतले कमी आएको बताए । उनले यस अवधिमा रु तीन अर्ब २० करोड मूल्य पर्ने मुसुरोको दाल आयात भएकामा गत आवको १० महिनामा रु चार अर्ब ५० करोडको मुुसुरो दाल आयात भएको थियो ।
यसैगरी, चालु आवका १० महिनामा रु दुई अर्ब चार करोड मूल्य पर्ने सिसी/राजमा आयात भएको छ । गत वर्ष सोही अवधिमा भने रु दुई अर्ब ७४ करोडकोे सिमी/राजमा आयात भएको थियो । चालु आवको १० महिनामा रु एक अर्ब ९२ करोड मूल्यको चना आयात भएको छ भने गत आवको सोही अवधिमा भने रु दुई अर्ब १७ करोडको आयात भएको थियो ।
चालु आवको १० महिनामा रु ४२ करोड मूल्यको अन्य गेडागुडी आयात भएको छ भने गत आवको सोही अवधिमा रु ४५ करोड ८८ लाखको आयात भएको सूचना अधिकारी विष्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण