संसदको कार्यसूचीमा बजेटमाथि छलफल, अवरोध कायमै राख्ने विपक्षीको तयारी
सारांश
- प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो १ बजे बस्नेछ, जसमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।
- बैठकमा अर्थमन्त्रीले २०८३-८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलको प्रस्ताव प्रस्तुत गर्नेछन् ।
- विपक्षी दलहरूले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन अवरोध कायमै राख्ने तयारी गरेका छन् ।
काठमाडौं । प्रतिनिधि सभा बैठक सोमबार पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुख डोलप्रसाद (डीपी) आर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ ।
त्यसैगरी, अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आव २०८३–८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत कार्यसूची छ ।
बैठकमा आव २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गर्ने बताइएको छ ।
तर, नेपाल–भारत सीमाका सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको विवादित अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन अवरोध कायमै राख्ने विपक्षी दलहरूको तयारी छ ।
‘हामीले यसअघि नै प्रधानमन्त्रीको विवादित अडान संसदको रेकर्डबाट हटाउन माग गरेका हौँ। तर हाम्रो कुरा सुनुवाई भएको छैन,’ विपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले भने,‘सुनुवाई नभएसम्म संसद अवरोध कायमै रहन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा सवारी दुर्घटना बढे पनि मृत्युदर घट्यो
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण