सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रिय सभा बैठक स्थगित

मङ्गलबार, १९ जेठ २०८३, १४ : ०६
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • राष्ट्रिय सभाको बैठक प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिको विरोधमा अवरोध भएपछि स्थगित भएको छ ।
  • सांसदहरूले प्रधानमन्त्री शाहले भारतको भूभाग मिचेको भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै माफीको माग गरेका छन् ।
  • अवरोधका कारण बैठक बुधबार बिहान १२:१५ बजेसम्मका लागि स्थगित गरिएको छ ।

काठमाडौँ । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै माफी माग्न माग गर्दै मंगलबारको बैठकमा पनि उठेर अवरोध गरेका छन् । 

अवरोधसँगै बैठक बुधबार बिहान १२ बजेर १५ मिनेटसम्मका लागि स्थगित गरिएको हो । बैठकमा सांसदहरूले प्रधानमन्त्री साहमा सामान्य राजनीतिक सुझबुझ समेत नभएको भन्दै आपत्ति जनाएका थिए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप