बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सुशासनका योजना लैङ्गिक उत्तरदायी हुनुपर्छ : उपाध्यक्ष भण्डारी

मङ्गलबार, १९ जेठ २०८३, १६ : १९
मङ्गलबार, १९ जेठ २०८३

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष लिलाकुमारी भण्डारीले देशको खाद्य सुरक्षा र जैविक विविधता सुशासनका योजना अनिवार्य रूपमा लैङ्गिक उत्तरदायी हुनुपर्नेमा जोड दिएकी छन् ।

प्राकृतिक स्रोत महिला अधिकार सञ्जाल र कृषि तथा खाद्य सङ्गठन नेपालको संयुक्त आयोजनामा मंगलबार योजित ‘लैङ्गिक उत्तरदायी खाद्य सुरक्षा र जैविक विविधता सुशासनको प्रवर्द्धनमा संसदीय संवाद’ विषयक एक दिने कार्यक्रममा भण्डारीले यस्ताे बताएकी हुन् ।

उपाध्यक्ष भण्डारीले ग्रामीण अर्थतन्त्र, खाद्य सुरक्षा एवं जैविक विविधताको संरक्षणमा महिलाको भूमिका महत्वपूर्ण रहको चर्चा गरिन्। उनले जलवायु परिवर्तनको असर खाद्य सुरक्षा र जैविक विविधतामा परिरहेको बताइन्।

सङ्घ, प्रदेश र स्थानीय सरकारबिच प्रभावकारी समन्वय र सहकार्यमार्फत रैथाने प्रविधिको प्रवर्द्धन, साना किसान एवं महिलाको क्षमता अभिवृद्धि र प्राकृतिक स्रोतमा उनीहरूको न्यायोचित अधिकार स्थापित गर्न कानुनहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा भण्डारीले जोड दिइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप