भृकुटीमण्डपमा ‘ग्लोबल कन्जुमर एक्स्पो २०२६’ हुने, १०० भन्दा बढी ब्रान्डको सहभागिता रहने
काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो उपभोक्ता मेलाका रूपमा परिचित ‘ग्लोबल कन्जुमर एक्स्पो २०२६’ को दोस्रो संस्करण आगामी जेठ २९ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।
‘शपिङको नयाँ ठेगाना’ भन्ने मुख्य नाराका साथ इभेन्ट सोलुसनले आयोजना गर्न लागेको यो प्रदर्शनी असार २ गतेसम्म सञ्चालन हुनेछ ।
लामा स्वदेशी तथा अन्तर्राष्ट्रिय गरी १०० भन्दा बढी प्रदर्शकहरूको सहभागिता रहनेछ । मेलाले प्रमुख ब्रान्डहरू, नवप्रवर्तनकारी व्यवसाय र हजारौँ उपभोक्ताहरूलाई एउटै थलोमा ल्याउने आयोजकको विश्वास छ ।
विशेषगरी खुद्रा व्यापारी, उद्यमी र सर्वसाधारण ग्राहकहरूका लागि यो मेला एक गतिशील बजारका रूपमा रहनेछ, जसले व्यवसाय–देखि–व्यवसाय र व्यवसाय–देखि–उपभोक्ता सञ्जाल विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ ।
पाँच दिनसम्म चल्ने यस एक्स्पोमा करिब ३५ हजारभन्दा बढी आगन्तुकहरूले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलामा दैनिक उपभोग्य वस्तु, भान्सा तथा घरायसी सामान, इलेक्ट्रोनिक्स, फेसन, स्वास्थ्य तथा सौन्दर्य, प्रविधि, हस्तकला र गहना लगायतका विविध उत्पादनहरू प्रदर्शन तथा बिक्रीका लागि राखिनेछन् । यसका साथै प्रदर्शनीमा कला तथा हस्तकलाको प्रत्यक्ष अनुभव लिन सकिने गरी ‘इन्टरएक्टिभ जोन’ को समेत व्यवस्था गरिएको छ ।
आयोजक संस्था इभेन्ट सोलुसनका अनुसार यो एक्स्पो केवल एउटा प्रदर्शनी मात्र नभएर नेपालको बढ्दो उपभोक्ता अर्थतन्त्रको उत्सव पनि हो । ब्रान्डहरूलाई सोझै क्रेताहरूसँग जोड्न र सबै आकारका व्यवसायहरूका लागि अवसरको नयाँ ढोका खोल्न यो प्लेटफर्म प्रतिबद्ध रहेको आयोजकले जनाएको छ ।
मेला अवधिभर अवलोकनकर्ताहरूका लागि विशेष छुट, लक्की ड्र र आकर्षक उपहारहरूको समेत व्यवस्था गरिएको छ । दैनिक बिहान १० बजेदेखि साँझ ६ बजेसम्म खुला रहने यस मेलामा सबै उमेर समूहका व्यक्तिहरूले सहजै प्रवेश पाउन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण