सभामुखको भूमिकामाथि शंकर पोखरेलको प्रश्न, संसदीय समितिमार्फत छानबिनको माग
सारांश
- नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभामा देखिएको असामान्य परिस्थितिको छानबिन संसदीय समितिबाट हुनुपर्ने माग गरेका छन् ।
- उनले सभामुखबाट नियमावलीको पालना नभएको र प्रतिपक्षी दलहरूलाई विश्वासमा नलिई एकपक्षीय रूपमा सभा सञ्चालन गर्ने प्रयासका कारण समस्या उत्पन्न भएको बताएका छन् ।
- पोखरेलले सभामुखकै मातहतका कर्मचारीहरूबाट गरिने प्रशासनिक छानबिनले संसद्लाई मर्यादित, निष्पक्ष र सहमतिका आधारमा सञ्चालन गर्ने वातावरण बनाउन नसक्ने धारणा राखेका छन् ।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभामा देखिएको असामान्य परिस्थितिको छानबिन प्रशासनिक तहबाट नभई संसदीय समितिमार्फत हुनुपर्ने बताएका छन् ।
सोमबार मात्रै सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठकमा अमर्यादित क्रियाकलाप देखाउने सांसदहरूमाथि छानबिन गर्न समिति बनाएका थिए ।
प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा ३ सदस्यीय समिति बनाइएको छ ।
मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले प्रतिनिधि सभा नियमावलीको पालना स्वयं सभामुखबाट नभएको तथा प्रतिपक्षी दलहरूलाई विश्वासमा नलिई एकपक्षीय रूपमा सभा सञ्चालन गर्ने प्रयासका कारण समस्या उत्पन्न भएको बताए।
पोखरेलले सभामुखबाट भएको नियमावली उल्लङ्घन र प्रतिपक्षी दलहरूको उपेक्षाका कारण सिर्जित परिस्थितिलाई बेवास्ता गरेर सभामुखकै मातहतका कर्मचारीहरूबाट गरिने प्रशासनिक छानबिनले संसद्लाई मर्यादित, निष्पक्ष र सहमतिका आधारमा सञ्चालन गर्ने वातावरण बनाउन नसक्ने समेत बताए ।
उनले यस विषयमा सभामुख र प्रतिनिधि सभाको ध्यान जान आवश्यक रहेको उल्लेख गरेका छन्।
सभामुखले संसद्लाई मर्यादित र सफलतापूर्वक सञ्चालन गर्न सबै पक्षको विश्वास कायम राख्नुपर्नेमा जोड दिँदै पोखरेलले लेखेका छन्,‘अपमानित हुँदा सज्जन मानिस पनि क्रोधित हुन सक्छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवनतर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण