बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनीमा एमालेका मन्त्री फिर्ता भएपछि कांग्रेसमा पनि हेरफेरको दबाब

बुधबार, २० जेठ २०८३, १२ : १६
बुधबार, २० जेठ २०८३

सारांश

  • लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेका चार मन्त्रीले राजीनामा दिएपछि सत्ता साझेदार नेपाली कांग्रेसभित्र पनि मन्त्री हेरफेरको दबाब परेको छ ।
  • नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले बजेटपछि कांग्रेसले मुख्यमन्त्रीसहित सरकारको नेतृत्व गर्ने तयारी रहेको बताए ।
  • कांग्रेसकी मुख्य सचेतक जमुना ढकालले भने पार्टीको केन्द्रीय उपसभापतिको निर्देशनअनुसार बजेट निर्माणपछि मात्रै मन्त्री परिवर्तनबारे निर्णय हुने स्पष्ट पारेकी छिन् ।

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेका चार मन्त्रीले पार्टी निर्देशनअनुसार राजीनामा दिएपछि सत्ता साझेदार नेपाली कांग्रेसभित्र पनि मन्त्री हेरफेरको दबाब परेको छ । 

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले एमालेका मन्त्रीहरू फिर्ता बोलाइएपछि नयाँ राजनीतिक परिस्थिति सिर्जना भएको बताए। उनले रातोपाटीसँग कुरा गर्दै बजेट निर्माणपछि सत्ता साझेदार दलहरूसँगको सहमतिअनुसार कांग्रेसले मुख्यमन्त्रीसहित सरकारको नेतृत्व गर्ने तयारी रहेको उल्लेख गरे।

“हिजोसम्म बजेटपछि मन्त्री परिवर्तन गर्ने योजना थियो। तर आज एमालेले आफ्ना मन्त्रीहरू फिर्ता बोलाएपछि नयाँ ढंगको परिस्थिति सिर्जना भएको छ। अब त्यसअनुसार छलफल हुन्छ,” उनले भने।

यता नेपाली कांग्रेस संसदीय दलकी मुख्य सचेतक जमुना ढकालले भने बजेटअघि कांग्रेसका मन्त्रीहरू परिवर्तन नहुने स्पष्ट पारेकी छिन्। उनका अनुसार पार्टीका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माको निर्देशनअनुसार बजेट निर्माणको प्रक्रिया पूरा भएपछि मात्रै मन्त्री परिवर्तनबारे निर्णय हुनेछ।

“एमालेले मन्त्री फिर्ता बोलाएको विषय आफ्नो ठाउँमा छ। तर कांग्रेसबाट तत्काल मन्त्री परिवर्तन हुँदैन,” ढकालले भनिन्।

हाल लुम्बिनी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट धनेन्द्र कार्की (अर्थमन्त्री), सरोज थापा (सहरी तथा खानेपानी विकास मन्त्री), जन्मजय तिमिल्सिना (सामाजिक विकास मन्त्री), प्रचण्ड विक्रम न्यौपाने (उद्योग, पर्यटन तथा यातायात मन्त्री) तथा देवकरण प्रसाद कलवार (वन तथा वातावरण मन्त्री) रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप