प्रधानमन्त्रीको ‘सीमा मिचिएको’ अभिव्यक्तिप्रति महिला संघको आपत्ति
सारांश
- प्रधानमन्त्री बालेन्द्र शाहले 'नेपालले पनि धेरै ठाउँमा सीमा मिचेका छौं' भनी प्रतिनिधि सभामा दिएको अभिव्यक्तिप्रति नेपाल महिला संघले आपत्ति जनाएको छ।
- नेपाल महिला संघले प्रधानमन्त्रीको अभिव्यक्तिको निन्दा गर्दै यसलाई राष्ट्रहित विपरीत, गैरजिम्मेवार र लज्जास्पद कदम भनेको छ।
- संघले प्रधानमन्त्रीको भनाइबारे सरकारको आधिकारिक धारणा स्पष्ट पार्न र जवाफ दिन माग गरेको छ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा ‘नेपालले पनि धेरै ठाउँमा सीमा मिचेका छौं’ भनी दिएको अभिव्यक्तिप्रति नेपाल महिला संघले आपत्ति जनाएको छ। संघकी अध्यक्ष मीनाकुमारी खरेलले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिको निन्दा गर्दै यसलाई राष्ट्रहित विपरीत, गैरजिम्मेवार र लज्जास्पद कदम भनेकी छन् ।
प्रेस विज्ञप्तिमा राष्ट्रको कार्यकारी नेतृत्वमा रहेको व्यक्तिले कुनै ठोस ऐतिहासिक आधार, तथ्य वा प्रमाणबिना संसद् जस्तो गरिमामय मञ्चमा यस्तो अभिव्यक्ति दिनु अत्यन्त आपत्तिजनक रहेको उल्लेख छ।
‘यस्ता भनाइले राष्ट्रिय स्वाभिमानप्रतिको संवेदनशीलता र कूटनीतिक विषयमा अपेक्षित परिपक्वताको अभाव झल्काउने मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको विश्वसनीयता र सीमा सम्बन्धी स्थापित अडानलाई समेत कमजोर बनाउने खतरा उत्पन्न गर्दछ,’ अध्यक्ष खरेलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
संघले नेपालको संवैधानिक नक्सा, ऐतिहासिक तथ्य र नेपाली जनताको भावना विपरीत व्यक्त गरिएका यस्ता धारणा कुनै पनि दृष्टिले स्वीकार्य हुन नसक्ने बताएको छ। सीमा जस्तो संवेदनशील विषयमा राष्ट्रको नेतृत्वबाट व्यक्त हुने प्रत्येक शब्दले राज्यको आधिकारिक दृष्टिकोणको प्रतिनिधित्व गर्ने भएकाले यसलाई सामान्य रूपमा लिन नसकिने विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा प्रधानमन्त्री शाहको त्यो भनाइबारे सरकारको आधिकारिक धारणा हो कि कुनै राजनीतिक दलको दृष्टिकोण वा व्यक्तिगत विचार मात्र हो भन्ने विषयमा स्पष्टता आवश्यक रहेको भन्दै सरकारसँग जवाफ मागिएको छ । ‘नेपाल महिला संघ— प्रधानमन्त्री तथा सरकारसँग यस विषयमा संसद् र नेपाली जनतासमक्ष यथाशीघ्र स्पष्ट जवाफ दिन आग्रह गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण