भेटघाट
रविसँगको भेटलगत्तै मोदीले भने– ‘वर्तमान सरकारसँग सहकार्य गर्न उत्सुक छौँ’
बुधबार, २० जेठ २०८३, १४ : ३३
सारांश
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबिचको सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको बताएका छन् ।
- उनले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेपाल प्राथमिकतामा रहेको साझेदार भएको र दुई देशबिचको सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको बताए ।
- मोदीले सभापति लामिछानेसँग भेट्न पाउँदा खुसी लागेको र साझा तथा समृद्ध भविष्यका लागि मिलेर काम गर्ने चाहनालाई स्वागत गर्ने बताएका छन् ।
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबिचको सम्बन्धलाई थप उचाइमा पुऱ्याउन वर्तमान सरकारसँग सहकार्य गर्न उत्सुक रहेको बताएका छन् । बुधबार रास्वपाका सभापति रवि लामिछानेसँगको भेट लगत्तै प्रधानमन्त्री मोदीले सो कुरा बताएका हुन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै प्रधानमन्त्री मोदीले भनेका छन्– ‘हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबिचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ (वर्तमान) सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।’
उनले सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्तै खुसी लागेको समेत बताएका छन् । साथै मोदीले साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्ने र त्यसमा पूर्ण रूपमा सहमत रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण