सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
सारांश
- प्रविधिको विकाससँगै मानिसहरूले सोच्ने कामको जिम्मा एआईलाई दिन थालेका छन्, जसले संज्ञानात्मक क्षमतामा नकारात्मक असर पार्न सक्छ ।
- लेखिकाले कोडिङ र लेखनमा आफ्नो अनुभवबाट सिकेको कुरालाई एआईको बढ्दो प्रयोगसँग तुलना गर्दै यसले मानिसको सिर्जनशीलता र स्वतन्त्र चिन्तनमा पार्ने प्रभावबारे चिन्ता व्यक्त गरेकी छन् ।
- एआईको अत्यधिक प्रयोगले मानिसलाई अल्छी बनाउनुका साथै यसको अपारदर्शी प्रविधिले युवा पुस्तालाई गलत दिशामा डोर्याउन सक्ने खतरा औंल्याइएको छ ।
अर्बौँ डलरका एआई कम्पनीहरूले सफ्टवेयर विकासको क्षेत्रमा आफ्नो नियन्त्रण कायम गर्नुभन्दा धेरै अघि म असाध्यै मेहनत गरेर कम्प्युटरमा ‘कोड’ गर्न सिकिरहेकी थिएँ ।
यो सन् २००० को मध्य दशकको कुरा हो । म आफ्नो घरको कम्प्युटरमा अनियन्त्रित पहुँच पाएको बच्चा थिएँ । आधारभूत स्तरको ‘टेक्स्ट एडिटर’को सहायतामा मैले वेबसाइटहरू बनाउन सिकेकी थिएँ । सुरुमा सामान्यबाट थालेर बिस्तारै जटिल स्वरूपमा वेबसाइटहरू बनाउन सक्ने भएँ ।
यी कामको सुरुवातदेखि अन्तिमसम्म आफैँ गर्न सक्थेँ । मेरो काम आफूले सोचेजस्तो गज्जब र सुन्दर त पक्कै हुँदैनथ्यो । तथापि म त्यसलाई ठिकै मानेर अघि बढ्थेँ । मलाई थाहा थियो, म कुनै नयाँ सिप सिकिरहेकी थिएँ । कम्प्युटरमा घण्टौँ लगाएर कोड ‘डिबग’ गर्ने तथा सम्बन्धित सफ्टवेयर विकासबारेका दस्तावेजहरूमा घोत्लिने गर्दा पनि पार नलागेपछि कुनै काम छोड्नुपर्दा समेत मलाई समय र ऊर्जा खेर गएको भान हुँदैनथ्यो । त्यो पनि मेरो सिकाइकै हिस्सा थियो ।
अहिले सम्झिँदा त्यी सबै गतिविधि निरर्थक र अचम्मका जस्ता लाग्छन् । आजको जमानामा प्रत्येकले ‘ओपेनएआई’को ‘कोडेक्स’ वा ‘एन्थ्रोपिक’को ‘क्लाउड कोड’को सहयोगमा एकैछिनमा आकर्षक देखिने ‘एप्लिकेसन’ बनाउन सक्छन् । विद्यालय छोडेर हिँडेकाहरू नै ‘एआई स्टार्टप’बाट करोडौँ कमाइरहेका छन् ।
प्रस्ट भन्नुपर्दा मेरो शैक्षिक यात्रा धेरै प्रभावकारी वा दक्ष त पक्कै थिएन । म एक्लै अनेक प्रयास गर्थेँ । आफैँले बनाएका विभिन्न खालका पाठ्यक्रमको आधारमा सिक्न खोज्थेँ । जिज्ञासाले मलाई प्रोत्साहित गरिरहन्थ्यो भने बुझ्न चाहने आकाङ्क्षाले तानिरहन्थ्यो ।
त्यही प्रक्रियामा कुनै खास तरिकाले सोच्न मन पराउन थालेँ । त्यसले मलाई चार वर्षे कम्प्युटर इन्जिनियरिङ मात्रै पढाएन, विविध खालका सफ्टवेयर विकासको काममा समेत तयार पारिदियो ।
ती सबै मेरो सोच निर्माण प्रक्रियाका सह–उत्पादन थिए । हरेक लेखक लेखनको रूपान्तरणकारी प्रक्रियाबाट गुज्रन सक्छ । उसले एकखालको विचारबाट लेख्न सुरु गर्छ तर विल्कुल फरकमा पुग्न पनि सक्छ ।
मैले लेख्न सिकेर लेखक बनेको कथा पनि यस्तै खालको छ । सुरुमा आफूले पढ्दै गरेको विषयबारे दिक्दार हुँदा मलाई त्यसबारे लेख्ने रहर लाग्न थाल्यो । मलाई तत्कालीन समयमा चलिरहेको बहसमा केही छुटेजस्तो लाग्थ्यो । मानिसहरूले ‘सिलिकन भ्याली’ तथा प्रविधिमा अन्धाधुन्ध विश्वास गरेको तथा ज्यादै आशावादी भएर छलफल गरिरहेको देख्थेँ ।
यता आफू भने सिलिकन भ्यालीबारे आलोचनात्मक बुझाइ राख्थेँ । मलाई मेरो र अधिकांश मानिसबिचको बुझाइमा गहिरो अन्तर रहेको अनुभव हुन्थ्यो ।
त्यही बेलादेखि मैले लेख्न थालेकी हुँ । मैले आफूले लेखेका हजारौँ शब्दहरू प्रकाशन गरेकी छु । साथै अनगिन्ती शब्दहरू प्रकाशन नभई कोठामा फोहोरको थुप्रोमा मात्रै पुगेका पनि छन्, तर त्यसरी खारेज गरिएका अनगिन्ती शब्दहरू पनि खेर गएका हुन् भन्ने मलाई कहिल्यै लागेन ।
ती सबै मेरो सोच निर्माण प्रक्रियाका सह–उत्पादन थिए । हरेक लेखक लेखनको रूपान्तरणकारी प्रक्रियाबाट गुज्रन सक्छ । उसले एकखालको विचारबाट लेख्न सुरु गर्छ तर विल्कुल फरकमा पुग्न पनि सक्छ । लेख्नु भनेको केवल दुईचार शब्दहरू ओकल्नुमात्रै कदापि होइन । लेख्नु भनेको त आफ्नो मूल्य–मान्यता पत्तो पाउनु हो । साथै त्यी मूल्यका लागि लड्नु ठिक छ भनेर आफैँलाई बुझाउनु पनि हो ।
लेखन र कोडिङ यी दुवै क्षेत्रमा मैले जुन अनुभव गर्न पाएँ, त्यो मलाई अमूल्य लाग्छ । मलाई त कहिलेकाहीँ एआई आउनु अघि नै आफैँले सिक्न पाएर म त भियतनाम युद्धको बेला साइगोनबाट अन्तिम हेलिकप्टरमा भागेर बाँच्न पाएको मान्छे जस्तो पनि लाग्छ ।
विगतमा म प्रविधिमा कुनै नयाँ क्रान्तिकारी परिवर्तन हुनासाथ त्यसलाई अपनाउन तत्पर रहन्थेँ । आज भने म एआईको प्रयोग सकेसम्म कम गर्न खोज्दैछु ।
अहिले यी दुवै क्षेत्रमा पछिल्लो समय विकसित ‘लार्ज ल्याङ्ग्वेज मोडेल’ले ठुलो उथलपुथल ल्याइसकेको छ । सफ्टवेयर विकासको सिप सबै बिर्साउने गरी ‘भाईब–कोडिङ’ले काम गरिसकेको छ । सामान्य बोलीचालीको भाषामा ‘प्रोम्प्ट’ दिएरै गज्जबको कोड उत्पादन हुन्छ । कोडिङ गर्ने जनशक्तिलाई ठुलो सङ्ख्यामा रोजगारी दिने ‘टेक कम्पनी’हरू अहिले एआईको प्रयोग गरेर सबै कोड उत्पादन गरिरहेका छन् ।
कोडिङमा सिपालु मान्छेको काम त केवल त्यसमा सामान्य सम्पादन र अन्तिम तयारीको समयमा मात्रै देखिन्छ । त्यस्तै लेखनको क्षेत्रमा पनि एआईले उत्पादन गरेका घटियास्तरका सामग्री अर्थात ‘स्लप’हरू जताततै फैलिएका छन् । हुँदाहुँदा मानिसहरू एआईको आरोप लाग्ने डरले लामो धर्सा (एम ड्यास) प्रयोग गर्नसमेत तर्सिन थालेका छन् ।
विगतमा म प्रविधिमा कुनै नयाँ क्रान्तिकारी परिवर्तन हुनासाथ त्यसलाई अपनाउन तत्पर रहन्थेँ । आज भने म एआईको प्रयोग सकेसम्म कम गर्न खोज्दैछु । आफ्नो दिमागले गर्नुपर्ने काम अरु नै यन्त्र वा प्रणालीलाई गराउने अर्थात् ‘कग्निटिभ अफलोडिङ’सँग म डराएकी छु ।
त्यसो गर्दा मैले आफूले सोचेर गर्नुपर्ने काम नै मेसिनलाई दिनुपर्ने बानी लाग्छ भन्ने डर छ । मेरा लागि मुख्य कुरा मेरो सोच्ने क्षमता वा शक्ति हो । म दैनिक जीवनका काम टार्न सजिलो होस भनेर यस्तो महत्त्वपूर्ण काम अरुलाई गराउने बानी बसाल्न चाहन्नँ ।
यसै कारण मलाई एआईको दबदबा चलिसकेपछि हुर्किंदै गरेका युवाहरूबारे चिन्ता छ । एआईलाई धेरै ठुलो रहसयमय बनाएर प्रस्तुत गर्नाले उनीहरू प्रविधिलाई सर्वेसर्वा ठान्दैछन् कि भन्ने डर लाग्छ । उनीहरूले राम्रोसँग थाहा नपाएका एवं उनीहरूको कुनै नियन्त्रण नभएका अपारदर्शी टेक कम्पनीहरूले उनीहरूलाई झुक्याएर गलत सिकाउँदै छन् कि भन्ने शङ्का लाग्छ ।
यदि हाम्रा नवयुवाहरूले प्रविधिले कसरी काम गर्छ भन्ने थाहा पाउन नसकिने वा आवश्यक नभएको ठान्दै सहज रूपमा प्राप्त सामान्य कुरा ठाने भने के होला ? यसका समस्याबारे बुझ्न र यसलाई फेर्न सोच्न सकेनन् भने के होला ? यस्तो अवस्थामा उनीहरूको प्रविधिसँगको सम्बन्ध कस्तो होला ? संसारसँग उनीहरूको सम्बन्ध यसले कस्तो बनाउला ?
अनुसन्धानकर्ताहरूका अनुसार केही मिनेटमात्रै एआई ‘च्याटबट’ चलाउँदा पनि त्यसले हाम्रो संज्ञानात्मक क्षमतामा नकारात्मक असर पार्छ ।
हामी यस्तो संसारमा आइपुगेका छौँ, जहाँ एआई कम्पनीहरू बौद्धिकतालाई नै ‘उपयोगिता’ वा वस्तु बनाउनमा लागेका छन् । विचार, सोच र चिन्तनकै निजीकरण गर्दैछन । यस्तो बेला हामीले प्रविधिको कम प्रयोग गर्नु भनेको पनि एक किसिमले हाम्रो चिन्तन र सोचको स्वतन्त्रता वा भनौँ संज्ञानको सार्वभौमिकता जोगाउने तरिका हुनसक्छ ।
व्यक्तिगत तहमा हेर्दा त्यसो गर्नु भनेको सोच्न सक्ने क्षमता जोगाउनु हो । सम्भाव्यताका आधारमा काम गर्ने सफ्टवेयरलाई हाम्रा संवेदनशील निर्णयको जिम्मा दिनबाट जोगाएर आफ्नै दिमागलाई सक्रिय राख्नु पनि हो । र, यो धेरै जरुरी छ ।
अनुसन्धानकर्ताहरूका अनुसार केही मिनेटमात्रै एआई ‘च्याटबट’ चलाउँदा पनि त्यसले हाम्रो संज्ञानात्मक क्षमतामा नकारात्मक असर पार्छ । सामूहिक रूपमा हेर्ने हो भने यो एउटा राजनीतिक मामला हो । एआई कम्पनीहरूसँग आफ्नो निर्भरता घटाएर उनीहरूले हाम्रो समाजका हरेक क्षेत्रमा घुस्दै अपार सम्पत्ति थुपार्ने प्रणाली विरुद्ध लड्ने एक खालको लडाइँ पनि हो । यो संसारलाई नै बस्न अयोग्य, खराब र असमान बनाउने प्रक्रियाको विरुद्धको सङ्घर्ष पनि हो ।
मैले यो लेख लेख्दैगर्दा हामी एआई ‘बबल’को बिचमा छौँ । यतिबेला खर्बौँ डलरको लगानी ‘डेटा सेन्टर’हरूमा खन्याउने योजना बनिरहेका छन् । ठुला टेक कम्पनी र निगमहरू अहिलेसम्मकै ठुलो स्तरको आम्दानीका हिसाब देखाइरहेका छन् । कम्पनीमा काम गर्ने ठुलो सङ्ख्यामा कामदारहरू निकालेर एआईमा अझै लगानी थप्ने तयारी गरिरहेका छन् ।
अहिले रोजगारीमा रहेका कामदारहरू पनि आफूलाई प्रतिस्पर्धी राखिराख्नका लागि एआईकै अधिकतम प्रयोग गर्न बाध्य छन् । मान्छेहरू अहिले आफ्नो विवाहमा खाइने शपथ वा कसम समेत एआईलाई लेखाउन थालेका छन् । कति मान्छेहरू एआईसँग प्रेममै फसेका छन् । छोटो समयमै एआई र यसका विकृतिहरू डरलाग्दो गरी सामान्यीकृत भएका छन् ।
यस्तो परिवेशमा मैले सकेसम्म एआई चलाउँदिनँ भनेर घोषणा गर्दा मानिसहरूलाई मूर्ख कुरा गरेजस्तो लाग्न सक्छ । अझ यो विसङ्गत लाग्न पनि सक्छ । आजको दिनमा एआई उद्योगबारे आइरहेका अनेक जानकारीले हामीलाई झन् एआईबारे प्रश्न गर्ने बनाउँदै गएको छ । चाहे त्यो एआई कम्पनीका प्रमुखहरूका धूर्त गतिविधि हुन, वित्तीय सरोकारहरू, डरलाग्दा पर्यावरणीय परिणाम वा कार्यस्थलमा पर्दै गएको नकारात्मक प्रभाव नै किन नहुन् !
दक्षता र सहजतालाई ठुला कर्पोरेट कम्पनीहरूले आफ्नो लोभी महत्त्वाकाङ्क्षा पूरा गराउने साधन बनाएको आजको समयमा आफैँले कम दक्ष तथा असहज तरिका अपनाउनु पनि मानवताको रक्षाका लागि गरिएको त्याग नै हुन जान्छ ।
यी सबका बाबजुद पूरै संसार एआई सफलताको कथाको नशामा चुर्लुम्म डुबेको छ । यो क्षेत्रमा यति धेरै पैसा र शक्ति थुप्रिएको छ कि यसलाई चुनौती दिन खोज्नु भगवान्को प्राधिकारलाई हुङ्कार गर्नु जस्तै कठोर र निराशाजनक लाग्छ । तर मलाई भने भित्रैदेखि मैले ठिक सोच्दै छु भन्ने लागिरहेको छ ।
मैले आफैँले गरेका काममा देखिने अनेक त्रुटिको वरपर घेरिएर दिन बिताउनु पर्नेछ भन्ने मलाई थाहा छ । एआईका सफलताका चर्चा र कथाहरू मेरो टाउकोमाथि स्मारकजस्ता भएर तर्साइरहन्छन् भन्ने पनि थाहा छ ।
मलाई थाहा छ, म खासै राम्रो ‘कोड’ गर्न सक्ने मान्छे होइन । मैले पछिल्लो समय विकास भएका सबै ‘कोडिङ टुल’ सिकेकी पनि छैन । तथापि अझै पनि कहिलेकाहीँ म कोड गर्ने गर्छु । मलाई यो पनि थाहा छ कि म धेरै राम्रो लेखक होइन । अहिले तपाईंले पढ्दै गरेको लेख आफैँले लेखन र पुनर्लेखन गर्दैगर्दा म एआई प्रोम्प्ट प्रयोग गरेर सयौँ किताब तयार पार्न सक्थेँ, तर पनि म आफैँ लेख्दैछु ।
दक्षता र सहजतालाई ठुला कर्पोरेट कम्पनीहरूले आफ्नो लोभी महत्त्वाकाङ्क्षा पूरा गराउने साधन बनाएको आजको समयमा आफैँले कम दक्ष तथा असहज तरिका अपनाउनु पनि मानवताको रक्षाका लागि गरिएको त्याग नै हुन जान्छ । मान्छेको चरित्र निर्माणमा तिरेको मूल्य हुन जान्छ ।
मलाई आफूले सोचेको मान्छेजस्तै बन्ने बाटो रोज्नुछ । जो यही संसारसँग गहिरो जरा गाडेर उभिएको हुन्छ । जो आफ्नै चाहना र मर्यादामा चल्न चाहन्छ । मैले रोजेको बाटोले मलाई त्यही यात्रामा सघाउँछ भन्ने लाग्छ ।
पक्कै पनि यो बाटोमा लाग्दा मैले केही कुरा गुमाउनै पर्ने हुन्छ । आफूलाई यान्त्रिक स्वरूपमा ढाल्ने हो भने आजको दिनमा म एआई स्टार्टअपमा प्रगति गरिरहेको पनि हुनसक्छु, तर मलाई आफूले बोकेको मूल्य–मान्यताबारे राम्रो थाहा छ । र, मलाई यो पनि थाहा छ कि मैले गुमाउनु परेको कुरा स्वाभाविक हो । मैले रोजेको बाटो हिँड्दा स्वाभाविक रूपमा केही फाइदा पक्कै छोड्नुपर्छ । त्यो मेरो छनोटको मूल्य हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण