ट्रेड युनियन खारेज विरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा
बुधबार, २० जेठ २०८३, १६ : ५२
सारांश
- निजामती कर्मचारीका पेसागत सङ्गठन तथा ट्रेड युनियन खारेज विरुद्धको रिटमा बहस नसकिएपछि 'हेर्दाहेर्दै' मा राखिएको छ ।
- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहितको संवैधानिक इजलासमा उक्त रिटको सुनुवाइ भएको थियो ।
- सरकारले अध्यादेशमार्फत निजामती कर्मचारी, शिक्षक तथा अन्य सरकारी सङ्घ संस्थामा रहेका ट्रेड युनियनहरू खारेज गरेपछि निजामती सङ्गठनहरूले संविधानले दिएको अधिकार खोसिएको भन्दै रिट दायर गरेका थिए ।
काठमाडौँ । निजामती कर्मचारीहरूका पेसागत सङ्गठन तथा ट्रेड युनियन खारेज विरुद्ध परेको रिटमा बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनकी अध्यक्ष भवानी दाहालसहितले दायर गरेको रिट प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशहरू डा.नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलसहितको संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।
उक्त रिटमा यसअघि संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो । सरकारले अध्यादेशमार्फत निजामती कर्मचारी,शिक्षक तथा अन्य सरकारी सङ्घ संस्थामा रहेका ट्रेड युनियनहरू खारेज गरेको थियो । निजामती सङ्गठनहरूले संविधानले दिएको अधिकार खोसिएको भन्दै रिट दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण