पोखरा न्यूरोडका दुवैतर्फ पार्किङ गर्न पाउनुपर्ने व्यवसायीको माग
सारांश
- पोखराको न्यूरोड क्षेत्रका व्यवसायीले सडकका दुवैतर्फ पार्किङको माग गरेका छन् ।
- पोखरा महानगरपालिकाले प्रहरीसँगको समन्वयमा फुटपाथ क्लियर गर्ने अभियान चलाएपछि व्यावसायीहरुले सो माग गरेका हुन् ।
- व्यवसायीहरूले न्यूरोडको पश्चिमी भागमा पनि दुवैतर्फ व्यवस्थित पार्किङको व्यवस्था गर्न माग गरेका छन् ।
पोखरा । पोखराको न्यूरोड क्षेत्रका व्यवसायीले सडकका दुवैतर्फ पार्किङ गर्न पाउनुपर्ने माग गरेका छन् । पोखरा महानगरपालिकाले प्रहरीसँगको समन्वयमा फुटपाथ क्लियर गर्ने अभियान चलाएपछि व्यावसायीहरुले सो माग गरेका हुन् ।
सडकमा पनि एकतर्फ मात्रै पार्किङ गर्न पाउने गरी महानगरले निर्णय गरेको छ । यसरी एकतर्फी पार्किङ हुँदा अर्को क्षेत्रका व्यवसायीले घाटा व्यहोर्नुपरेको पीडित पक्षको गुनासो छ । पोखरा महानगरले न्यूरोडको पूर्वी भागमा मात्र सवारी पार्किङ व्यवस्था गरेको छ ।
यसले ग्राहकलाई बाटो काटेर पारि जान कठिनाइ भएकोले आफूहरूको व्यापारमा समस्या परेको उनीहरुले बताए । उनीहरुले न्यूरोडको पश्चिमी भागका सबैजसो घरमा दुबैतर्फ व्यवस्थित पार्किङ हुनुपर्ने माग राख्दै ब्यानर टाँसेका छन् । सडकको दायाँबायाँ दुबैतिर पार्किङ व्यवस्था गर्नुपर्ने माग न्यूरोड पार्किङ व्यवस्थापन समिति संयोजक राजकुमार रम्तेलले राखे ।
उनका अनुसार डेढ सातादेखि न्यूरोडको पश्चिमतर्फको भागमा पार्किङ गरिराखेका सवारी ट्राफिक प्रहरीले उठाएर लैजाने गरेको छ । होटल दीपसागरका सञ्चालक केपी पाध्या शर्माले पनि पूर्वीतर्फ मात्र पार्किङले पश्चिमतर्फको व्यवसाय सङ्कटमा परेको बताए ।
सडकको दायाँबायाँ दुबैतिर पार्किङको व्यवस्था नगरे आफूहरू व्यवसायबाट हात धुने अवस्था आउने सक्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण