मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पोखरा न्यूरोडका दुवैतर्फ पार्किङ गर्न पाउनुपर्ने व्यवसायीको माग

बुधबार, २० जेठ २०८३, १६ : ५९
बुधबार, २० जेठ २०८३

सारांश

  • पोखराको न्यूरोड क्षेत्रका व्यवसायीले सडकका दुवैतर्फ पार्किङको माग गरेका छन् ।
  • पोखरा महानगरपालिकाले प्रहरीसँगको समन्वयमा फुटपाथ क्लियर गर्ने अभियान चलाएपछि व्यावसायीहरुले सो माग गरेका हुन् ।
  • व्यवसायीहरूले न्यूरोडको पश्चिमी भागमा पनि दुवैतर्फ व्यवस्थित पार्किङको व्यवस्था गर्न माग गरेका छन् ।

पोखरा । पोखराको न्यूरोड क्षेत्रका व्यवसायीले सडकका दुवैतर्फ पार्किङ गर्न पाउनुपर्ने माग गरेका छन् । पोखरा महानगरपालिकाले प्रहरीसँगको समन्वयमा फुटपाथ क्लियर गर्ने अभियान चलाएपछि व्यावसायीहरुले सो माग गरेका हुन् । 

सडकमा पनि एकतर्फ मात्रै पार्किङ गर्न पाउने गरी महानगरले निर्णय गरेको छ । यसरी एकतर्फी पार्किङ हुँदा अर्को क्षेत्रका व्यवसायीले घाटा व्यहोर्नुपरेको पीडित पक्षको गुनासो छ । पोखरा महानगरले न्यूरोडको पूर्वी भागमा मात्र सवारी पार्किङ व्यवस्था गरेको छ । 

यसले ग्राहकलाई बाटो काटेर पारि जान कठिनाइ भएकोले आफूहरूको व्यापारमा समस्या परेको उनीहरुले बताए । उनीहरुले न्यूरोडको पश्चिमी भागका सबैजसो घरमा दुबैतर्फ व्यवस्थित पार्किङ हुनुपर्ने माग राख्दै ब्यानर टाँसेका छन् । सडकको दायाँबायाँ दुबैतिर पार्किङ व्यवस्था गर्नुपर्ने माग न्यूरोड पार्किङ व्यवस्थापन समिति संयोजक राजकुमार रम्तेलले राखे ।

उनका अनुसार डेढ सातादेखि न्यूरोडको पश्चिमतर्फको भागमा पार्किङ गरिराखेका सवारी ट्राफिक प्रहरीले उठाएर लैजाने गरेको छ । होटल दीपसागरका सञ्चालक केपी पाध्या शर्माले पनि पूर्वीतर्फ मात्र पार्किङले पश्चिमतर्फको व्यवसाय सङ्कटमा परेको बताए ।

सडकको दायाँबायाँ दुबैतिर पार्किङको व्यवस्था नगरे आफूहरू व्यवसायबाट हात धुने अवस्था आउने सक्ने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप