नेपाली बजारमा नयाँ पुस्ताको अत्याधुनिक विद्युतीय एसयूभी ल्याउँदै जीडब्लूएम
काठमाडौँ । विश्वका १७० भन्दा बढी देशमा लाखौँ ग्राहकको विश्वास जित्न सफल अटोमोबाइल ब्रान्ड जीडब्लूएम (ग्रेट वाल मोटर्स) ले नेपालमा अत्याधुनिक विद्युतीय एसयूभी भित्र्याउने तयारी गरेको छ ।
आगामी एसयूभीको आधिकारिक घोषणा नभए पनि यसमा ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज र ७ वटा एयरब्याग रहनेछन् । गाडीमा ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, ब्लाइन्ड स्पट मोनिटरिङ, र गाडीमुनिको दृश्य समेत हेर्न मिल्ने १८० डिग्री ट्रान्सपेरेन्ट चेसिस भ्यु प्रविधि समावेश हुनेछ ।
सुरक्षाका लागि उद्योगकै अग्रणी एईबी र एमईबी प्रविधिका साथै २० भन्दा बढी एड्भास्ड इन्टेलिजेन्ट ड्राइभर असिस्टेन्स सुविधाहरू रहनेछन् । गाडीको बाह्य सतहमा सूर्यको तापले सानातिना स्क्र्याचहरू आफैँ निको पार्ने कोेटिङ प्रविधि प्रयोग भएको बजारमा चर्चा छ ।
कफी ओएस ३.० एआई प्रणालीद्वारा सञ्चालित यो गाडीमा स्मार्ट ककपिट, ६ तरिकाले समायोजन गर्न मिल्ने भेन्टिलेसनयुक्त सिट र पाँच(स्तरीय ब्याट्री सुरक्षा प्रणाली उपलब्ध हुनेछ ।
वातावरणमैत्री यात्राका लागि यसमा ४ वटा स्मार्ट ड्राइभिङ मोडहरू पनि समेटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण