समाज
‘घरमा भएको कुकुरसँग होइन, घरधनीसँग डर लागेको छ’
सरकार दलितको सपनाको हत्यारा कहिलेसम्म बनिरहने हो ?
बुधबार, २० जेठ २०८३, १९ : ३५
१
सारांश
- सरकार कोठा खाली छ ? भन्दै दीपा नेपाली विगत डेढ महिनादेखि माइतीघर मण्डलामा सत्याग्रहमा छिन् ।
- उनले सहरमा भइरहेको अमानवीय व्यवहार र अत्याचारको विरोध गर्दै जातीय विभेदविरुद्ध स्पष्ट कानुन बनाएर कार्यान्वयन गर्न माग गरेकी छन् ।
- उनको आन्दोलन दलित समुदायको मात्र नभई सम्पूर्ण नेपालीको अमानवीय अभ्यासविरुद्ध भएको र सरकारले उनको माग सुनुवाइ गर्न तत्परता नदेखाएको बताइन् ।
काठमाडौँ । ‘सरकार कोठा खाली छ ?’ भन्दै दीपा नेपाली सत्याग्रहमा छिन् । विगत डेढ महिनादेखि काठमाडौँको माइतीघर मण्डलामा बसेर उनी सहरमा भइरहेको अमानवीय व्यवहार र अत्याचारको विरोध गरिरहेकी छन् ।
रातोपाटीमा अन्तर्वार्ताका क्रममा सामाजिक अभियन्ता दीपाले यो आन्दोलन दलित समुदायको मात्र नभई सम्पूर्ण नेपालीको अमानवीय अभ्यासविरुद्ध भएको बताइन् । विडम्बना, सरकारले उनको आवाज सुनिरहेको छैन । डेढ महिना बितिसक्दा उनको माग सुनुवाइ गर्न सरकारले तत्परता देखाएको छैन ।
सहरलाई सभ्य र समतामूलक बनाउन उनी आन्दोलित भएकी हुन् । यो उनको व्यक्तिगत मुद्दा होइन, सामाजिक मुद्दा हो । कोठा खोजिरहनुपर्ने अवस्था राज्यले सिर्जना गरेको उनको ठहर छ।
उनको माग स्पष्ट छ- जातीय विभेदविरुद्ध स्पष्ट कानुन बनाइयोस् र कार्यान्वयन होस् ।
विस्तृत भिडियोमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण