मलेसियामा रास्वपाको प्रवासी संगठनको दोस्रो अधिवेशन सम्पन्नः नेत्र केसीको नेतृत्वमा नयाँ कार्यसमिति
सारांश
- मलेसियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट प्रवास नेपाली सम्पर्क विभागको दोस्रो अधिवेशनले नेत्र केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
- नयाँ कार्यसमितिमा सभापति, उपसभापति, सचिव लगायतका पदाधिकारी र सदस्यहरू सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।
- अधिवेशनले मलेसियामा रहेका नेपाली समुदायको हक, हित, सुरक्षा र अधिकार संरक्षणका लागि सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेको छ ।
काठमाडाैँ । मलेसियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट प्रवास नेपाली सम्पर्क विभागको दोस्रो अधिवेशन क्वालालम्पुरमा रूपमा सम्पन्न भएको छ । अधिवेशनले सन् २०२६–२०२८ कार्यकालका लागि नेत्र केसीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्दै मलेसियामा रहेका नेपाली समुदायको हक, हित, सुरक्षा र अधिकार संरक्षणका लागि थप सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेको छ । मलेसियामा कार्यरत नेपाली श्रमिक, व्यवसायी, विद्यार्थी तथा विभिन्न पेसामा आबद्ध नेपालीहरूको साझा हितलाई केन्द्रमा राखेर सम्पन्न यस अधिवेशनले प्रवासी नेपाली समुदायलाई सङ्गठित, सशक्त र जिम्मेवार बनाउने लक्ष्य लिएको छ ।
नयाँ कार्यसमितिमा नेत्र केसी सभापति, किरण थापा उपसभापति, बाशुदेब भट्ट सचिव, हेमराज सापकोटा सहसचिव, खेमराज खत्री कोष प्रमुख र कुलबहादुर कोइराला सह–कोष प्रमुखमा निर्वाचित भएका छन् । सदस्यहरूमा कपिल बोहरा, उमेश कोइरी महतो, कमल चन्द, प्रकाश गिरि, राज लामा, सन्तोष केसी, लिला मगर, कैलाश विष्ट, श्याम तामाङ, नकुल ढुंगाना, प्रमोद महतो, रुपेश विक, ईश्वर आले, जयप्रकाश शाहा, प्रदीपकुमार शाहा, विनय हमाल, सागर केसी, टेक थापा, चन्द्रमान श्रेष्ठ, कमलबहादुर विष्ट, प्रकाश पुजारा, मिना बुढा, दिनेश दास, जिबराज भुषाल, चन्द्र घिमिरे, हरिनाथ मोहन्त, संजय नेघा, ताराध्वज शाही, महेश अधिकारी, धुर्वनारायण शर्मा, बाबुराम थापा, प्रकाश पौडेल, तिपेन्द्र बुढा मगर र रुद्र श्रेष्ठ चयन भएका छन् । संगठनलाई अनुभवी मार्गदर्शन प्रदान गर्न दीपक बोगटी, नारायण अधिकारी, विनोद यादव, राजु शर्मा, शिव थापा, मिलन ठकुरी, टंक खड्का, सुन्दर आले मगर र शिव खड्कालाई सल्लाहकारमा मनोनयन गरिएको छ ।
मलेसियास्थित नेपाली राजदूतावासकी कार्यवाहक राजदूत मुदिता बज्राचार्यको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा रास्वपाका विभिन्न नेताहरू र सामाजिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता थियो । विशेष अतिथिका रूपमा रास्वपा प्रवास विभागका सचिव पदमराज पन्थी, संस्थापक नेता प्रमोद न्यौपाने, एनआरएनए आईसीसीका उपाध्यक्ष खगेन्द्र न्यौपाने र एनआरएनए मलेसियाका अध्यक्ष इन्द्रनारायण लिम्बू लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले सम्बोधन गरेका थिए । वक्ताहरूले प्रवासी नेपालीका समस्या समाधान र श्रम अधिकारको संरक्षणमा पार्टी र संघ–संस्थाहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । कार्यवाहक राजदूत बज्राचार्यले दूतावासले सबै नेपाली संघ–संस्थासँग सहकार्य गर्दै सेवा प्रवाह र उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विश्वास दिलाइन् ।
नवनिर्वाचित सभापति नेत्र केसीले प्रवासमा रहेका नेपालीहरू केवल रेमिट्यान्सको स्रोत मात्र नभई राष्ट्र निर्माणका महत्त्वपूर्ण साझेदार भएको बताए । “प्रवासी नेपालीहरू केवल रेमिट्यान्सको स्रोत मात्र होइनन्, उनीहरू राष्ट्र निर्माणका महत्त्वपूर्ण साझेदार हुन्,” केसीले भने, “उनीहरूको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित गर्नु राज्य र समाज दुवैको दायित्व हो। त्यसका लागि सङ्गठित पहल अपरिहार्य छ।”
उनले नयाँ कार्यसमितिले श्रमिक अधिकार, कानुनी सहायता, सामाजिक सुरक्षा र आपत्कालीन उद्धारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण