असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
सारांश
- ललितपुरको खोकनाका किसानहरू असार नजिकिएसँगै धान रोप्नका लागि खेत तयार पार्न व्यस्त छन् ।
- किसानहरूले खेत खनेर माटोका डल्ला फुटाउने, रासायनिक तथा प्राङ्गारिक मल हाल्ने काम गरिरहेका छन् ।
- प्राङ्गारिक विधिले माटोको गुणस्तर बढ्ने र उत्पादनमा सहयोग पुग्ने विश्वासका साथ किसानहरू समयमै रोपाइँ हुने आशामा उत्साहित छन् ।
ललितपुर । प्रि-मनसुनको समयमा नियमित जसो पानी परेपछि र असार महिना सुरु हुन लागेसँगै ललितपुरको ऐतिहासिक बस्ती खोकनाका किसानहरू धान रोप्नका लागि आफ्नो खेत तयार पार्न थालेका छन् ।
वर्षाले माटो भिजाएपछि यहाँका किसानहरूलाई रोपाइँको पूर्वतयारीको चटारो सुरु भएको हो ।
_7mnduq0pKM.jpg)
अहिले खोकनाका किसानहरू खेत खनेर निस्किएका माटोका डल्ला फुटाउन र रोपाइँ अघि खेतमा मल हाल्ने काममा निकै व्यस्त देखिन्छन् । धानको उत्पादकत्व बढाउनका लागि माटोलाई राम्रोसँग तयार पार्नुपर्ने भएकाले किसानहरू बिहानैदेखि खेतमा खटिएका छन् ।
_Zk3jT47Cuj.jpg)
यहाँका किसानहरूले माटोको उर्वराशक्ति बढाउनका लागि रासायनिक मलका अलावा स्थानीय र परम्परागत विधिको समेत भरपूर प्रयोग गरिरहेका छन् । खेतमा गोबर मल हाल्ने, खेतमै अघिल्लो सिजनमा लगाइएको बालीलाई कुहाएर कम्पोस्ट बनाउने तथा तोरीको डाँठ काटेर खेतमा राख्ने काममा यहाँका किसानहरू व्यस्त छन् ।
_5XpllnDGIG.jpg)
यस प्रकारको प्राङ्गारिक विधिको प्रयोगले माटोको गुणस्तर राम्रो हुने र धान उत्पादनमा सहयोग पुग्ने विश्वास किसानहरूको छ । नियमित वर्षा भइरहेकाले यस वर्ष समयमै रोपाइँ गर्न सकिने आशामा खोकनाका किसानहरू उत्साहित देखिएका छन् ।
_D8FKFPCFU9.jpg)
_91jGKII8sf.jpg)
_lUVD84GGoF.jpg)
_WaEW90XArt.jpg)
_HN85YaJkKm.jpg)
_2bmsjvz1dH.jpg)
_FU6sYWNR1R.jpg)
_7svjPkZHEk.jpg)
_DpRnC6Lx0I.jpg)
_mv6Zgx0pJW.jpg)
_uH8nMYKCJe.jpg)
_Yofb0Nlj1F.jpg)
_nU6g43ZZn2.jpg)
_L7NbaTu9Cp.jpg)
_6J7LJifEkI.jpg)
_JSvfuMyHBs.jpg)
_S76gIGPhAG.jpg)
_LN8w00D7S0.jpg)
_2jWSJVptj7.jpg)
_sQJd7230is.jpg)
_DEGSotQRkx.jpg)
_Tx4UBDwSnj.jpg)
_x2oEJ8Aaox.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
-
सुदूरपश्चिम कांग्रेसभित्रको विवाद सुल्झाउन केन्द्रीय नेता धनगढीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण