एआईको बढ्दो प्रयोगले विश्वव्यापी रूपमा ऊर्जा र पानीको चरम सङ्कट निम्त्याउन सक्छ : उपाध्यक्ष पाण्डे
सारांश
- नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रयोगले विश्वव्यापी रूपमा ऊर्जा र पानीको चरम सङ्कट निम्त्याउन सक्ने चेतावनी दिएका छन्।
- उनले एआईका ठुला डाटा सेन्टरहरू सञ्चालन गर्न अत्यधिक ऊर्जा र पानीको आवश्यकता पर्ने भएकाले वातावरणीय सङ्कट, जलवायु परिवर्तन र वनविनाश जस्ता गम्भीर समस्याहरू थप भयावह बन्न सक्ने उल्लेख गरे।
- पाण्डेले किसान र कृषि क्षेत्रको आधुनिकीकरणका लागि एआईको प्रयोग अनिवार्य रहेको तर प्रविधिको आवश्यकता र यसले निम्त्याउने वातावरणीय क्षतिबिच सन्तुलित व्यवस्थापन खोज्नुपर्ने चुनौती रहेको औँल्याए।
काठमाडौँ। नेकपा (एमाले) का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रयोगले विश्वव्यापी रूपमा ऊर्जा र पानीको चरम सङ्कट निम्त्याउन सक्ने चेतावनी दिएका छन्।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यसका विरुद्ध नीतिगत र नियमनको तयारी थाल्नुपर्ने बताएका हुन्।
पाण्डेले एआईको युगमा प्रवेश गरिसकेको वर्तमान समयमा यसका नकारात्मक वातावरणीय असरहरूलाई नजरअन्दाज गर्न नमिल्ने उल्लेख गरे। उनका अनुसार एआईका ठुला डाटा सेन्टरहरू सञ्चालन गर्न अत्यधिक ऊर्जा र पानीको आवश्यकता पर्छ, जसले आउने दिनमा वातावरणीय सङ्कट, जलवायु परिवर्तन र वनविनाश जस्ता गम्भीर समस्याहरूलाई थप भयावह बनाउन सक्छ।
एआईको प्रयोग नेपाली किसान र कृषि क्षेत्रको आधुनिकीकरणका लागि अनिवार्य रहेको उल्लेख गर्दै उनले प्रविधिको आवश्यकता र यसले निम्त्याउने वातावरणीय क्षतिबिच सन्तुलित व्यवस्थापन खोज्नुपर्ने चुनौती रहेको औँल्याए। किसानलाई आवश्यक पर्ने डाटा र प्रविधिको लाभ सुरक्षित तवरले दिलाउनु नै आजको मुख्य आवश्यकता रहेको उनको तर्क थियो।
आफ्नो धारणा राख्ने क्रममा पूर्वअर्थमन्त्री पाण्डेले भने, ‘अहिले हामी आर्टिफिसियल इन्टेलिजेन्सको युगमा छौँ र यसको प्रयोग दिनानुदिन तीव्र रूपमा बढिरहेको छ। यसको सीधा अर्थ के हो भने, आउने दिनहरूमा ऊर्जा र पानीको खपत एउटा गम्भीर समस्याको रूपमा देखा पर्नेछ। एआईका ठुला डाटा सेन्टरहरूका कारण वातावरणीय सङ्कट, जलवायु परिवर्तन र वनविनाश जस्ता गम्भीर समस्याहरू अझ बढी भयावह बन्न सक्छन्। तर यसको अर्को पाटो पनि छ। एआईको प्रयोग हाम्रा किसानहरूका लागि उत्तिकै फाइदाजनक र आवश्यक पनि छ। अब चुनौती कहाँ छ भने, एउटा पक्षमा यसको अत्यधिक आवश्यकता छ भने अर्को पक्षमा यसले निम्त्याउने वातावरणीय क्षति र ऊर्जा सङ्कट छ। यी दुवै पक्षलाई सँगै राखेर कसरी सन्तुलित व्यवस्थापन गर्ने? किसानहरूलाई आवश्यक पर्ने डाटा र प्रविधिको लाभ कसरी दिलाउने? यो आजको मुख्य आवश्यकता हो।’
उपाध्यक्ष पाण्डेले समाजशास्त्री इमानुएल वालरस्टिनको सिद्धान्तलाई प्रस्तुत गर्दै डिजिटल प्रविधिको विकाससँगै सुरु भएको ज्ञानको राजनीति र आर्थिक शोषणको नयाँ स्वरूपबारे सबैलाई सचेत गराए। उनले यस प्रकारको असमानता चिर्न र आन्तरिक हितको रक्षा गर्न नीतिगत क्षेत्रमा तीव्र रूपमा काम गर्नुपर्ने आवश्यकतामा जोड दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण