राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
सारांश
- राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्धको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा विशेष अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीले ७० लाख रुपैयाँ घुस लिएको अभियोगमा २०८२ चैत १ गते भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गरेको थियो ।
- उक्त रकम जग्गा खरिद र ऋण तिर्न प्रयोग भएको तथा एचके इन्टरप्राइजेजका सञ्चालक श्रीकृष्ण श्रेष्ठले घुस दिएको अख्तियारको दाबी छ ।
काठमाडौँ । राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्धको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा सुनुवाइका लागि विशेष अदालतमा पेसी तोकिएको छ । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तय भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीले ७० लाख रुपैयाँ घुस लिएको अभियोगमा २०८२ चैत १ गते भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गरेको थियो । अधिकारीले उक्त रकम जग्गा खरिद र ऋण तिर्न प्रयोग भएको आयोगको दाबी छ ।
एचके इन्टरप्राइजेज भन्ने कम्पनीविरुद्ध राजस्व चुहावट गरेको आरोपमा राजस्व विभागमा उजुरी परेपछि उक्त मुद्दाबाट जोगिन कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठले ७० लाख रुपैयाँ दिएको भेटिएको अख्तियारको दाबी छ ।
उक्त रकम विकास चापागाईं, देवेन्द्र केसी, रविन्द्र लामिछाने लगायतको सल्लाहमा उनीहरूको खातामा राखिएको अख्तियारको दाबी छ । त्यसपछि उनीहरूले भक्तपुरको दिव्यश्वरी आयोजना भित्रको ५ आना जग्गा खरिद गरेको भेटिएको आयोगको दाबी छ ।
देवेन्द्र केसी सञ्चालक रहेको द कुटी रिसोर्टको कर्जा भुक्तानीमा समेत त्यो रकम प्रयोग भएको अनुसन्धानबाट खुलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण