मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

‘भागदौड’ असार २६ मा प्रदर्शन हुने

मङ्गलबार, २६ जेठ २०८३, १४ : १०
मङ्गलबार, २६ जेठ २०८३

सारांश

  • फिल्म ‘भागदौड’ आगामी असार २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
  • यो फिल्म लोभ, लालच, जालझेल र ठगीमा आधारित मानव जीवनको नैतिक संकटलाई चित्रण गर्ने कथा हो ।
  • यसको पृष्ठभूमि काठमाडौंको ऐतिहासिक एवं परम्परागत नेवार बस्ती बुङ्गमती र बागमती नदी किनारको आसपासमा केन्द्रित छ ।

काठमाडौं । फिल्म ‘भागदौड’ आगामी असार २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले मंगलबार फिल्मको दुई फरक पोष्टर फष्टलुक्सको रुपमा सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी गराएको हो ।

हिमाल उप्रेतीको लेखन तथा निर्देशन रहेको फिल्ममा अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई (सारा), विशाल पोखरेल, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन र सुवास तिमिल्सिना लगायतका कलाकारहरूको अभिनय छ ।

विश्वराम बिष्टको प्रस्तुतकर्ता रहेको फिल्ममा अंगिरा थापा कार्यकारी निर्माता रहेका छन् भने सह–निर्माताहरू भूपेन्द्र कुमार खड्का, सागर पुरी र सुरेश गिरी हुन् । सुप्रिम म्यूजिक एण्ड फिल्मस प्रा. लिले निर्माण गरेको यो फिल्मको सार्वजनिक पोष्टर मुख्य भुमिका रहेका कलाकार समेटिएका छन् ।

‘भागदौड’ लोभ, लालच, जालझेल र ठगीमा आधारित मानव जीवनको नैतिक संकटलाई चित्रण गर्ने कथा हो । यसको पृष्ठभूमि काठमाडौंको ऐतिहासिक एवं परम्परागत नेवार बस्ती बुङ्गमती र बागमती नदी किनारको आसपासमा केन्द्रित छ । फिल्मले बुङ्गमतीको प्राचीन सभ्यता, नेवारी कला–संस्कृति, र त्यहाँ बसोबास गर्ने नेवार, बाहुन, क्षेत्री लगायतका विभिन्न समुदायबीचको सह–अस्तित्व तथा परम्परागत प्रथा र आधुनिक जीवनशैलीबीचको सन्तुलनलाई पर्दामा देखाउने फिल्मका प्रस्तुतकर्ता विश्वराम बिष्टले बताए ।

फिल्ममा दीपक बज्राचार्यको छायांकन, प्रविन ढकालको सम्पादन, वसन्त सापकोटा र प्रकाश नेपालीको संगीत छ । फिल्मको बितरण नेशनल सिने ग्रुप नेपाल रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप