ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
मङ्गलबार, २६ जेठ २०८३, १५ : ०१
सारांश
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ जान निर्देशन दिएका छन्।
- उपाध्यक्ष रामबहादुर थापा 'बादल' नेतृत्वको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकमा ओलीले पार्टी सङ्गठन सुदृढीकरण, निर्वाचन समीक्षा तथा आगामी कार्यदिशाबारे धारणा राखे।
- कार्यदलका सदस्यका अनुसार पार्टीलाई अझ सङ्गठित र प्रभावकारी बनाउन कार्यकर्तालाई एकताबद्ध भई जनतामाझ सक्रिय हुन निर्देशन दिइएको छ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ पुग्न निर्देशन दिएका छन्।
उपाध्यक्ष रामबहादुर थापा “बादल” नेतृत्वको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको मङ्गलबारको बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै अध्यक्ष ओलीले पार्टी सङ्गठन सुदृढीकरण, निर्वाचन समीक्षा तथा आगामी कार्यदिशाबारे धारणा राख्दै यस्तो निर्देशन दिएका हुन्।
पार्टीलाई अझ सङ्गठित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ सक्रिय हुन निर्देशन दिएको कार्यदलका एक सदस्यले जानकारी दिए।
कार्यदलको पहिलो बैठकमा निर्वाचन समीक्षा, सङ्गठन पुनर्गठन तथा भावी कार्यदिशाबारे विस्तृत छलफल भइरहेको कार्यदलका सदस्य तथा एमाले सचिव महेश बस्नेतले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सांसद नै नभएको राष्ट्रियसभा किन ११ गतेसम्म स्थगित भयो ?
-
समयमै प्रकाशित हुन थाल्यो विश्वविद्यालय र बोर्डको नतिजा
-
ललितपुरमा फोहरमैला व्यवस्थापनका लागि जीपीएस प्रणाली
-
बलिउड गायक अभिजित भट्टाचार्य काठमाडौँमा
-
ललितपुर रैथाने बस्तीमा अनुमति बिना टिपर चलाउन रोक
-
रास्वपाको पहिलो महाधिवेशनमा रवि लामिछानेकै नेतृत्व अपरिहार्य छ: रञ्जु न्यौपाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण