दुई हप्तामा इरान, पाकिस्तानबाट ८५ हजार भन्दा बढी अफगानी स्वदेश फिर्ता
बुधबार, २७ जेठ २०८३, १९ : ०४
काठमाडाैँ । आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) का अनुसार मे –२४ देखि जुन –६ सम्मको अवधिमा छिमेकी देश इरान र पाकिस्तानबाट कुल ८५ हजार ४२० जना अफगानी स्वदेश फर्केको टोलो न्यूजले बुधवार रिपोर्ट गरेको छ।
रिपोर्टका अनुसार यस अवधिमा करिब ४४ हजार ५९६ जना इरानबाट अफगानिस्तान प्रवेश गरेका थिए भने अन्य ४० हजार ८२४ जना पाकिस्तानबाट फर्केका थिए।
सीमापार नागरिकको आवागमनलाई नियमन गर्ने निकाय आइओएमले देशमा फर्कका र जोखिममा रहेका मानिसहरूलाई मानवीय सहायता र सुरक्षा सेवाहरू प्रवाह गर्ने काम जारी राखेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
अफगानिस्तानले पछिल्लो समयमा आर्थिक चुनौतिहरू र क्षेत्रीय आप्रवासन प्रवृत्तिको बिचमा स्वदेश फर्कने नागरिकहरूको अवस्थामा स्थिरता कायम गर्न सक्षम भएको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ
-
कोशी प्रदेशको बजेटमा नारा : कति थपिए, कति हराए ?
-
दलहरूसँग एकीकरण गर्न जनमतले बनायाे तीन सदस्यीय वार्ता टोली
-
लुम्बिनी सरकारकाे बजेट : प्रशंसा र आलोचनाबिच कार्यान्वयनको प्रश्न
-
कोशीको बजेट दिशाहीन छ : आङ्बो
-
पहाडी जिल्लामा घरजग्गा किन्दा रजिस्ट्रेसन शुल्क पूर्ण छुट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण