पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
सारांश
- नेपालस्थित पाकिस्तानी दूतावास र पाकिस्तान नेपाल एल्मुनाई नेटवर्क (पीएनएएन) ले नागार्जुन नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी १०० भन्दा बढीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ ।
- शिविरमा पाकिस्तानबाट अध्ययन पूरा गरेका चिकित्सकहरूले स्थानीय बासिन्दा, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाको स्वास्थ्य परीक्षण गरी केहीलाई विशेषज्ञ अस्पतालमा रिफर गर्नुका साथै आवश्यक औषधि निःशुल्क वितरण गरेका थिए ।
- कार्यक्रममा नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारीले पाकिस्तानी दूतावास र पीएनएएनलाई धन्यवाद दिँदै पीएनएएनका अध्यक्ष डा. मिश्रले यस्ता कार्यक्रमले दुई देशबीचको जनस्तरीय सम्बन्ध थप मजबुत पार्ने विश्वास व्यक्त गरे ।
काठमाडौँ । नेपालस्थित पाकिस्तानी दूतावास र पाकिस्तान नेपाल एल्मुनाई नेटवर्क (पीएनएएन) को संयुक्त आयोजनामा नागार्जुन नगरपालिका–४ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
शिविरमा स्थानीय बासिन्दा, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो । शिविरमा पाकिस्तानबाट अध्ययन पूरा गरेका चिकित्सकहरूको सक्रिय सहभागिता रहेको थियो ।
शिविरमा एक सयभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । केही बिरामीलाई थप उपचारका लागि विशेषज्ञ अस्पतालमा रिफर गरिएको छ भने आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो ।
कार्यक्रममा पीएनएएनका अध्यक्ष डा.दीपक मिश्र, नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारी, वडा नं. ४ का अध्यक्ष लक्ष्मीराम शर्मा तथा स्थानीय जनप्रतिनिधि र स्वयंसेवकहरूको उपस्थिति रहेको थियो ।
पाकिस्तानी दूतावासले स्वास्थ्य शिविर सफल बनाउन सहयोग पुर्याउने पीएनएएनका चिकित्सक तथा स्थानीय निकायप्रति आभार व्यक्त गरेको छ । कार्यक्रममा बोल्दै उपप्रमुख सुशीला अधिकारीले नागार्जुनका बासिन्दाका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेकोमा पाकिस्तानी दूतावास र पीएनएएनलाई धन्यवाद दिइन् ।
त्यसैगरी, पीएनएएनका अध्यक्ष डा.मिश्रले नेपालको स्वास्थ्य क्षेत्रमा पाकिस्तानी दूतावासले पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै यस्ता कार्यक्रमले दुई देशबिचको जनस्तरीय सम्बन्ध थप मजबुत पार्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
-
नयाँ पार्टी निर्माण अघि धवलशमशेर राणा र दुर्गा प्रसाईंले बनाए २४ वटा समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण