एमाले संविधान संशोधन सुझाव कार्यदल : खरेलको संयोजकत्वमा उपसमिति गठन
सारांश
- नेकपा (एमाले) ले संविधान संशोधनका लागि सुझाव सङ्कलन गर्न विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित कार्यदलको पहिलो बैठक सम्पन्न गरेको छ ।
- संविधान कार्यान्वयनको अनुभव, जटिलता र पुनरावलोकनका विषयमा कार्ययोजना र कार्यतालिका निर्माण गर्न अग्निप्रसाद खरेलको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।
- अन्य राजनीतिक दलहरूसँग संवाद गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र र शासन प्रणालीलाई सुदृढ तुल्याउन संविधान संशोधनको प्रस्ताव तयार गरिनेछ ।
काठमाडौँ । नेकपा (एमाले) ले संविधान संशोधनका लागि आवश्यक सुझाव सङ्कलन र गृहकार्य गर्न गठित कार्यदलको कामलाई तीव्रता दिएको छ। पार्टी केन्द्रीय सचिवालयको निर्णयअनुसार उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित ‘संविधान संशोधन सुझाव कार्यदल’को पहिलो बैठक आइतबार सम्पन्न भएको छ ।
संयोजक पौडेलको अध्यक्षतामा बसेको बैठकले संविधान कार्यान्वयनका सबल र कमजोर पक्षको समीक्षा गर्दै संशोधनका लागि ठोस प्रस्ताव तयार पार्न विभिन्न निर्णयहरू गरेको छ।
बैठकले संविधान कार्यान्वयनको हालसम्मको अनुभव, यसका जटिलता र पुनरावलोकनका विषयमा विस्तृत कार्ययोजना र कार्यतालिका निर्माण गर्न पूर्वमहान्यायाधिवक्ता एवं नेता अग्निप्रसाद खरेलको संयोजकत्वमा एक उपसमिति गठन गरेको छ।
उपसमितिमा रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकाराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापा सदस्य रहेका छन् । उक्त उपसमितिले आगामी बैठकमा सुझाव संकलनको कार्ययोजना र कार्यतालिका प्रस्तुत गर्नेछ।
त्यस्तै, एमालेले संविधान संशोधनको विषयमा अन्य राजनीतिक दलहरू र उनीहरूले गठन गरेका कार्यदलहरूसँग पनि संवाद, छलफल र अन्तरक्रिया गर्ने निर्णय गरेको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र र विद्यमान शासन प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाउन राजनीतिक तथा सामाजिक जीवनका विभिन्न क्षेत्रबाट सुझाव लिई संशोधनको प्रस्ताव तयार पारिने कार्यदलले जनाएको छ।
बर्तौलालाई सदस्य सचिवको जिम्मेवारी
कार्यदलको सदस्य सचिवको जिम्मेवारी केन्द्रीय सदस्य महेश बर्तौलालाई दिएको छ। कार्यदलमा रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुलीकुमारी महतो, पासाङ शेर्पा लगायतका नेताहरू सदस्य रहेका छन्।
पार्टी सचिवालयको गत जेठ ४ देखि १० गतेसम्म बसेका विभिन्न बैठकहरूले संविधान संशोधनका लागि सुझाव दिन यो कार्यदल गठन गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
-
नयाँ पार्टी निर्माण अघि धवलशमशेर राणा र दुर्गा प्रसाईंले बनाए २४ वटा समिति
-
‘लिटिल मिस एन्जल’को उपाधि आर्याहीलाई
-
राष्ट्र निर्माणको अभियानमा सक्रिय सहभागिता जनाउन परराष्ट्रमन्त्रीको आग्रह
-
बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण