मृत बच्चालाई लिएर १७ दिनसम्म हजार किमी यात्रा गरेको दुःखी ह्वेलले अन्ततः मन बुझायो
मङ्गलबार, २९ साउन २०७५, ०९ : ५८
ओर्का प्रजातीको लोपोन्मुख ह्वेलले आफ्नो मृत बच्चा लिएर १७ दिनसम्म लगभग एक हजार ६० किलोमिटरको यात्रा गरेपछि अन्ततः आफ्नो सन्तानलाई जान दिएको छ ।
जे३५ वा तालेख्वा भनिने २० वर्षे आमाको बच्चा गुमाउँदाको बिलौनाले संसारको ध्यान आकृष्ट गरेको थियो ।
निधारमा आफ्नो मृत बच्चालाई १७ दिनसम्म लिएर पौडी खेलेको आमा ओर्कालाई शनिबार ‘बलियो र स्वस्थ’ देखिएको थियो ।
सेन्टर फर ह्वेल रिसर्चका संस्थापक अध्यक्ष केन बाल्कोम्बले यसबारे जानकारी दिएका हुन् ।
१७ दिनदेखि आफ्नो मृत बच्चालाई लिएर समुन्द्रमा घुमिरहेको छ ह्वेल, फोटो भाइरल
‘धन्न ! आफ्नो मृत बच्चालाई १७ दिनसम्म हजार किलोमिटर बढी लिएर हिँडेको दुःखी आमाको यात्रा अन्ततः समाप्त भएको छ, ’ उनले भने ।
उनका अनुसार उक्त ओर्का ह्वेलले सन् २०१० मा जन्माएको बच्चालाई पनि गुमाएकी थिइन् । दोस्रो सन्तान पनि गुमाउनु पर्दा उनलाई अत्यधिक पीडा भएको हुनसक्ने उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण