बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
सोमबार, ०१ असार २०८३, ०८ : १६
सारांश
- अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन)का सञ्चालक सुरजकृष्ण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
- इस्कोनमा अध्ययनरत बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको हो ।
- बालबालिकाले आफूमाथि दुर्व्यवहार भएको भन्दै उजुरी दिएपछि प्रहरीले श्रेष्ठमाथि बालबालिका सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ ।
काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन)का एक जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । सञ्चालक सुरजकृष्ण श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
इस्कोनमा अध्ययनरत बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । केही दिनअघि पक्राउ गरेर श्रेष्ठमाथि अनुसन्धान सुरु गरिएको एसपी भट्टराईले बताए ।
प्रहरीले उनीमाथि बालबालिका सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । आफूमाथि दुर्व्यवहार भएको भन्दै इस्कोनका सञ्चालक विरुद्ध बालबालिकाले उजुरी दिएका थिए । उजुरीपछि उनी पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हार्दिकता, सेवाभाव र सुरक्षा: उडान परिचारिकाको वास्तविक पहिचान
-
अर्थतन्त्रलाई ‘बिग पुश’ दिन विकास चतुर्भुजको अवधारणा
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण