जेनजी सहिद स्मारकको काम अलपत्र
सारांश
- जेनजी आन्दोलनका ४५ सहिदमध्ये ४२ जनाको सालिकसहित निर्माण गर्न लागिएको जेनजी सहिद स्मारकको काम अलपत्र परेको छ।
- सातदोबाटोमा निर्माण थालिएको उक्त स्मारकको काम केही समयअघि सुरु भए पनि हाल ठप्प अवस्थामा पुगेको छ।
- जेनजी आन्दोलनका सहिदहरूको सम्झनालाई संस्थागत गर्दै उनीहरूको योगदानलाई भावी पुस्तासम्म पुर्याउने उद्देश्यले स्मारक निर्माणको अवधारणा अघि सारिएको थियो।
काठमाडौँ । भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ सहिदमध्ये ४२ जनाको सालिकसहित निर्माण गर्न लागिएको जेनजी सहिद स्मारकको काम अलपत्र परेको छ।
अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा निर्माण थालिएको उक्त स्मारकको काम केही समयअघि सुरु भए पनि हाल निर्माण कार्य ठप्प अवस्थामा पुगेको छ। तत्कालीन युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२४औँ बोर्ड बैठकले पार्क निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेपछि परियोजना अघि बढाइएको थियो।
_PGCUnbhm3d.jpg)
जेनजी आन्दोलनका सहिदहरूको सम्झनालाई संस्थागत गर्दै उनीहरूको योगदानलाई भावी पुस्तासम्म पुर्याउने उद्देश्यले स्मारक निर्माणको अवधारणा अघि सारिएको हो। स्मारकलाई ऐतिहासिक तथा मौलिक नेपाली शैलीमा निर्माण गर्ने योजना रहेको बताइएको छ।
_xLDxAmHrFH.jpg)
स्मारकमा आन्दोलनका क्रममा ज्यान गुमाएका ४२ सहिदका सालिक स्थापना गर्ने, स्मृति स्थल निर्माण गर्ने तथा सहिदहरूको योगदान झल्काउने विभिन्न संरचना राख्ने योजना छ। तर निर्माण कार्य रोकिएसँगै परियोजनाको भविष्य अन्योलमा परेको देखिन्छ।
_MS5twdGdp7.jpg)
_Z7cEoUhJ4L.jpg)
_a2ftdCKavY.jpg)
_ufAjkAsTY2.jpg)
_pj39NX1ueI.jpg)
_C3oDVcqZdl.jpg)
_GH3j8PUqPE.jpg)
_Ru3mf46X8E.jpg)
_0gdUyitvGr.jpg)
_jxrBYWAJs5.jpg)
_UqaWefkNgO.jpg)
_sm84YwQtFD.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै
-
परराष्ट्रमन्त्रीको भनाइबारे एमालेले माग्यो जवाफ
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण