मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

अर्थमन्त्री डा. वाग्लेलाई पहिलो नम्बरमा ‘टि स्टेट’को फाइल खोल्न एमालेको चेतावनी

सोमबार, ०१ असार २०८३, ११ : ४९
सोमबार, ०१ असार २०८३

सारांश

  • विपक्षी दल एमालेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई 'टि स्टेट'को फाइल सबैभन्दा पहिला खोल्न चेतावनी दिएको छ ।
  • एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले अर्थमन्त्रीले फाइल खोल्ने धम्की दिएको भन्दै पहिला 'टि स्टेट'को फाइल खोल्न आग्रह गरेकी हुन् ।
  • अर्यालले यति ओम्नीका पनि फाइल खोलेर सत्य कुरा बाहिर ल्याउन र आरोप सत्य नठहरे अर्थमन्त्रीले मानहानीको क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छन् ।

काठमाडौँ । विपक्षी दल एमालेले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई सबैभन्दा पहिला ‘टि स्टेट’को फाइल खोल्न चेतावनी दिएको छ । प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले बजेटको सैद्धान्तिक छलफलका क्रममा अर्थमन्त्री डा। वाग्लेले पुराना फाइल खोल्ने चेतावनी दिएको भन्दै सबैभन्दा पहिला ‘टि स्टेट’को फाइल खोल्न चेतावनी दिएकी हुन् । 

‘सांसदका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्रीज्यूले व्यक्त गरेको धारणा आपत्तिजनक छ,’ अर्यालले भनिन्, ‘उहाँले फाइल खोल्ने धम्की दिनुभयो । मेरो आग्रह छ, पहिलो नम्बरमा स्टेटको फाइल खोल्नुस् ।’

अर्यालले यति ओम्नीका पनि फाइल खोलेर साँचो कुरा बाहिर ल्याउन पनि आग्रह गरिन् । अर्यालले अहिलेसम्म लगाइएको आरोप सत्य ठहरिएनन् भने मानिसको स्वाभिमानमा आँच आउने काम गरेबापत अर्थमन्त्रीले के गर्नुहुन्छ भन्ने प्रश्न पनि गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप