वीर अस्पतालमा २४ घण्टा ड्युटीलगत्तै आवासीय चिकित्सकले छुट्टी पाउने
सोमबार, ०१ असार २०८३, १३ : ५५
सारांश
- वीर अस्पतालले २४ घण्टा ड्युटी गरेका आवासीय चिकित्सकहरूलाई बिहानको वार्ड राउन्ड सकिएपछि अनिवार्य बिदा दिन परिपत्र गरेको छ।
- प्रशिक्षार्थी चिकित्सकहरूले श्रम ऐनअनुसार दैनिक १२ घण्टा र साप्ताहिक ७२ घण्टाभन्दा बढी ड्युटी नहुने र साप्ताहिक बिदाको व्यवस्था हुनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन्।
- उनीहरूको माग छ कि हप्तामा ४८ घण्टाभन्दा बढी काम गराइएमा श्रम ऐनअनुसार ओभर टाइम भत्ता दिनुपर्छ।
काठमाडौँ । वीर अस्पतालले २४ घण्टा लगातार ड्युटी गरेका आवासीय चिकित्सक (रेजिडेन्ट डाक्टर)हरूलाई बिहानको वार्ड राउन्ड सकिएपछि अनिवार्य रूपमा छुट्टी दिन परिपत्र गरेको छ।
वीर अस्पतालले आज परिपत्र जारी गर्दै रेजिडेन्ट (डाक्टर)हरूलाई बिहानको वार्ड राउन्ड सकिएपछि अनिवार्य रूपमा छुट्टी दिन परिपत्र गरेको हो ।
प्रशिक्षार्थी चिकित्सक (इन्टर्न तथा आवासीय चिकित्सक) को ड्युटी समय नेपालको श्रम ऐन, २०७४ बमोजिम दैनिक अधिकतम १२ घण्टा र हप्तामा ७२ घण्टाभन्दा बढी हुन नहुने तथा हप्तामा एक दिन अनिवार्य बिदाको व्यवस्था हुनुपर्ने माग गर्दै आन्दोलनमा छन् ।
हप्तामा ४८ घण्टाभन्दा बढी काम गराइएमा श्रम ऐनअनुसार अतिरिक्त समय (ओभर टाइम) भत्ता उपलब्ध गराइनुपर्ने उनीहरूको माग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको सामाजिक विकास मन्त्रालयलाई ६ अर्ब १० करोड बजेट
-
कर्णालीको जलस्रोत तथा ऊर्जा मन्त्रालयको बजेट ह्वात्तै बढ्यो, ४ अर्ब ८१ करोड
-
जी–७ को सम्मेलन फ्रान्समा सुरु हुँदैः को–को जाँदैछन्, के छन् एजेन्डा ?
-
भागबण्डा नमिल्दा सुदूरपश्चिमको बजेट भाषण अनिश्चित
-
लुम्बिनी सरकारले ल्यायो ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट (पूर्णपाठ)
-
समाजसेवी र कलाकारलाई माईजोगमाई सेवा समाजको सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण