एमाले सांसद बरालको माग : वैज्ञानिकहरूका लागि तत्काल उचित पारिश्रमिकको व्यवस्था गरियोस्
सारांश
- नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले वैज्ञानिकहरूका लागि उचित पारिश्रमिकको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
- उनले नेपाल कृषि अनुसन्धान परिषद (नार्क) मा दरबन्दी अनुसार वैज्ञानिक नहुनुको कारण पारिश्रमिकको अभाव रहेको बताए।
- सांसद बरालले वैज्ञानिक खोज तथा अनुसन्धानका लागि आवश्यक जनशक्तिको उचित व्यवस्थापन गर्न विशेष छात्रवृत्तिको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए।
काठमाडौँ। नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले वैज्ञानिकहरूका लागि उचित पारिश्रमिकको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
सोमबार सङ्घीय संसद प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो माग राखेका हुन्।
सांसद बरालले वैज्ञानिकहरूको पारिश्रमिक उचित नभएका कारण नै नेपाल कृषि अनुसन्धान परिषद (नार्क) मा समेत दरबन्दी भएर पनि जनशक्ति नभएको दुखद अवस्था रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराए। नार्कमा वरिष्ठ वैज्ञानिकहरूलाई उचित पारिश्रमिकको व्यवस्था गर्न नसक्दा निमित्त कर्मचारीको भरमा काम गर्नुपर्ने जटिल अवस्था आएको उनको भनाइ थियो।
नार्कका वैज्ञानिकहरूको दयनीय अवस्थाबारे चर्चा गर्दै उनले भने, ‘आज मैले नार्कका वैज्ञानिकहरूको अवस्थालाई देखेको छु। त्यहाँ सिनियर वैज्ञानिकहरूको धेरै ठूलो ग्याप छ। दरबन्दी छ, तर वैज्ञानिक छैनन्। यसको अर्थ के भन्दा वैज्ञानिकहरू अहिलेको नेपालको चालु जुन तलब स्केल छ, यसमा त्यो लेभलको जनशक्ति रमेर बस्दैन। अनि हामीले काम चलाउनुपर्ने तल्लो स्तरको कर्मचारीहरूलाई निमित्तमार्फत अथवा अरू ढङ्गले काम चलाउ गर्नुपर्ने बाध्यकारी अवस्था छ। यसले क्वालिटी डेलिभर गर्न सक्दैन। त्यसो भएको हुनाले हामीले वैज्ञानिकहरूको उपयुक्त प्रोजेक्सनको बारेमा ध्यान दिनुपर्दछ।’
सांसद बरालले वैज्ञानिक खोज तथा अनुसन्धानका लागि आवश्यक जनशक्तिको उचित व्यवस्थापन गर्न विशेष खालको छात्रवृत्तिको व्यवस्था गर्नसमेत सरकारलाई सचेत गराएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको सामाजिक विकास मन्त्रालयलाई ६ अर्ब १० करोड बजेट
-
कर्णालीको जलस्रोत तथा ऊर्जा मन्त्रालयको बजेट ह्वात्तै बढ्यो, ४ अर्ब ८१ करोड
-
जी–७ को सम्मेलन फ्रान्समा सुरु हुँदैः को–को जाँदैछन्, के छन् एजेन्डा ?
-
भागबण्डा नमिल्दा सुदूरपश्चिमको बजेट भाषण अनिश्चित
-
लुम्बिनी सरकारले ल्यायो ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट (पूर्णपाठ)
-
समाजसेवी र कलाकारलाई माईजोगमाई सेवा समाजको सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण