लीपमोटर बी१० को मूल्य घट्यो: ५ लाख सस्तोमा टप भेरियन्ट उपलब्ध
काठमाडौं । नेपाली बजारमा अन्य ब्रान्डका सवारी साधनको मूल्य निरन्तर बढिरहेका बेला लीपमोटरले भने आफ्नो नयाँ मोडलको मूल्यमा भारी कटौती गरेको छ।
नेपालका लागि लीपमोटरको आधिकारिक विक्रेता सांग्रिला मोटर्सले २०२६ मोडलको 'लीपमोटर बी१०' (टप भेरियन्ट) सार्वजनिक गर्दै यसको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ कायम गरेको हो।
यसअघि ६० लाख रुपैयाँ तोकिएको यस गाडीमा कम्पनीले सिधै ५ लाख रुपैयाँ घटाएको छ। विदेशी मुद्राको विनिमय दरमा भएको वृद्धि र नयाँ आयात महसुलका कारण अन्य कम्पनीहरूले ५ देखि १० प्रतिशतसम्म मूल्य बढाइरहेका बेला सांग्रिला मोटर्सले ग्राहकलाई आर्थिक भार नथप्न यो निर्णय गरेको जनाएको छ।
लीपमोटर बी१० प्रिमियम फिचर र शक्तिशाली कार्यक्षमताले भरिएको छ। यसमा १६० किलोवाटको मोटर र ६७.१ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ, जसले एक पटकको फुल चार्जमा ६०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। नेपालका कच्ची तथा पक्की सडकलाई सुहाउँदो १८० एमएमको ग्राउन्ड क्लियरेन्स यसको अर्को सबल पक्ष हो।
सुरक्षाका दृष्टिकोणले यो गाडी निकै भरपर्दो मानिएको छ। यसले 'युरो एनक्याप' बाट ५-स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ भने यसमा लेभल २ एडास प्रणाली र सुरक्षित यात्राका लागि स्पेयर टायर समेत उपलब्ध छ।
गाडीको भित्री भाग (इन्टेरियर) निकै विलासी छ। यसमा हिटेड र भेन्टिलेटेड सिट, प्यानोरामिक सनरुफ, एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटी जस्ता आधुनिक सुविधाहरू रहेको कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली चिया निर्यातमा भारतीय अवरोध: तत्काल कूटनीतिक पहल गर्न महासंघको माग
-
कोशी बजेट : शिक्षा र सामाजिक क्षेत्रमा ३ अर्ब १० करोड
-
अमेरिका–इरान सम्झौताप्रति इजरायली मन्त्रीहरूको असन्तुष्टि
-
गण्डकीका जनताका घरघरै धारा पुर्याउन १ अर्ब ७ करोड बजेट
-
नेकपा माओवादीले गर्यो सचिवालय सदस्य उमा भुलेललाई जिम्मेवारी मुक्त
-
गण्डकीको एक तिहाइ बजेट भौतिक पूर्वाधारमा, पोखरामै लाइसेन्स छाप्न बजेट विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण