हाम्रो अर्थतन्त्र लयमा फर्किन सकेको छैन : अर्थमन्त्री
सारांश
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेनजी आन्दोलन र कोभिड महामारीपछि नेपालको अर्थतन्त्र लयमा फर्किन नसकेको बताएका छन्।
- उनले शिथिल बनेको आर्थिक गतिविधिलाई चलायमान बनाउन र निजी क्षेत्रलाई उत्साहित गर्न सरकारले नयाँ बजेट ल्याएको दाबी गरे।
- बजेटले समाजको तल्लो वर्गको उत्थान र आर्थिक सुरक्षामा विशेष जोड दिएको अर्थमन्त्रीको भनाइ छ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेनजी आन्दोलनपछि नेपालको आर्थिक गतिविधिमा मन्दी छाएको बताएका छन्। सोमबार राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो कुरा बताएका हुन्।
अर्थमन्त्री वाग्लेले जेनजी आन्दोलनपछि मुलुकको राजनीतिले कोल्टे फेरेको उल्लेख गर्दै त्यसैलाई न्याय दिने हिसाबले सरकारले आफ्ना नीति, कार्यक्रम र बजेट तय गरेको स्पष्ट पारे। कोभिड महामारीपछि मुलुकको अर्थतन्त्र अझै पनि पूर्ण रूपमा लयमा फर्किन नसकिरहेको भन्दै उनले शिथिल बनेको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यका साथ नै सरकारले नयाँ बजेट ल्याएको दाबी गरे। बजारमा निजी क्षेत्रको लगानी समेत निकै सुस्त भएकाले उनीहरूलाई उत्साहित बनाउँदै आर्थिक गतिविधिलाई अघि बढाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
मुलुकको वर्तमान आर्थिक संकट र बजेटको प्राथमिकताका बारेमा प्रस्ट पार्दै उनले भने, ‘जेनजी आन्दोलनपछि मुलुकको राजनीतिले कोल्टे फेरेको छ। त्यसलाई न्याय गर्ने हिसाबले, प्रतिनिधित्व गर्ने हिसाबले हामी अगाडि बढेकै हो। नेपालको अर्थतन्त्र मूलतः यो कोभिडपछि हाम्रो अर्थतन्त्र लयमा फर्किन सकेको छैन। त्यसैले विगत वर्षदेखि यो कमजोर माग छ। बजारमा कुनै पनि कुराको डिमान्ड नै छैन। क्रय, विक्रय नै हुन सकिरहेको छैन। खर्च गर्न सक्ने त्यो शक्ति कि शिथिल छ, कि पलायन भएको छ। त्यसैले अहिले यो बजारलाई झक्झक्याउनु पर्दछ। अहिलेको बजेटले त्यो कुरालाई जोड दिएको छ। अर्को निजी लगानीमा असाध्यै सुस्तता छ। के हुने हो ? अनिश्चितता छ। जेन–जी आन्दोलनपछि एक किसिमको भय, त्रास पनि भयो। यो समग्र गतिविधिमा आर्थिक गतिविधिमा जुन मन्दी भयो।’
अर्थमन्त्री वाग्लेले वर्तमान सरकारले ल्याएको बजेटले खासगरी समाजको तल्लो वर्गको उत्थान र आर्थिक सुरक्षामा विशेष जोड दिएको जिकिर समेत गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
जलजलाको लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
अव्यवस्थित सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरे क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
साउदी अरब र उरुग्वेबिच बराबरी: अराउजोले टारे उरुग्वेको संकट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण